बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई जेल

बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई जेल

काठमाडौँ: चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीले नबुझ्ने प्रेस्क्रिप्सन लेख्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले नबुझिने गरी प्रेसक्रिप्सन लेख्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्ने जनाएको छ। 

काउन्सिलले शुक्रबार सार्वजनिक सूचना नै प्रकाशित गरेर विरामीले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने डाक्टरमाथि कारबाही चलाउने जनाएको हो । मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य परिषद र औषधि व्यवस्था विभागको संयुक्त बैठकपछि डाक्टरहरुलाई सूचना निकालिएको हो । 

मेडिकल काउन्सिलले निकालेको सुचनामा आचारसंहिता पुर्णरुप पालना गर्न गराउने निर्देश जारी गरिएको छ । मेडिकल काउन्सिलले जारी गरेको सूचनामा औषधिको नाम, औषधि सेवन गर्नुपर्ने समय तथा अवधि राम्रोसँग बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्ने उल्लेख गरिएको छ ।

सुचनामा प्रेस्क्रिप्सन लेख्दा चिकित्सक वा अधिकार प्राप्त स्वास्थ्यकर्मीको आफ्नै पहिचान खुल्ने नाम, थर तथा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्र नम्बरसमेत स्पष्टरुपमा खुल्ने गरी लेख्नुपर्ने उल्लेख गरिएको छ  । 

सम्बन्धित विषयका विज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले अन्य फरक विधाको औषधिको प्रेस्क्रिप्सन लेख्नु गैरकानुनी हुने कुरा समेत सूचनामा जनाइएको छ ।  

त्यस्तै मान्यता प्राप्त औषधि विक्रिवितरणकर्ताले स्पष्ट बुझिने गरी उल्लेख गरिएको प्रेस्क्रिप्सन अनुसार औषधि विक्रिवितरण गर्न काउन्सिलले निर्देशन गरेको छ । 

विक्रेतामाथि पनि कडाई

'विक्रीवितरणकर्ताले औषधिको नाम, सेवन गर्ने समय र अवधि विस्तृत जानकारी स्पष्ट नभई अनुमानको आधारमा र चिकित्सक वा स्वास्थ्यकर्मीको सहमति र सिफारिसबेगर औषधि विक्रीवितरण गर्न पाइनेछैन', सुचनामा भनिएको छ ।

आचारसं‌हितले के भन्छ ?

स्वास्थ्य सेवा प्रदान गर्ने कुनै पनि स्वास्थ्य सेवा प्रदायक संस्थाले विरामी जँचाएको अन्तिम पटक स्वास्थ्य परीक्षण गरेको अभिलेख कम्तिमा ५ वर्ष राख्नु पर्ने स्वास्थ्‍य आचारसंहितामा उल्लेख गरिएको छ । 

मेडिकल काउन्सिल, न्यायिक तथा अन्य नियमनकारी निकायको आदेश भएमा उक्त अभिलेख उपलब्ध गराउन सक्नु पर्ने छ । स्वास्थ्य सेवाप्रदायक संस्थामा सेवारत नै नभएको कुनै पनि चिकित्सकको नाम, नामवेशी उल्लेख गरेको सूचना, बोर्ड र ब्रोसियर वा अन्य माध्यमबाट प्रचारप्रसार गरी विरामी र सर्वसाधारणलाई भ्रम पार्ने काम नगर्न समेत काउन्सिलले निर्देशन गरेको छ ।

काउन्सिलको सूचना र जानकारी विपरित काम गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी पनि काउन्सिलले दिएको छ । मेडिकल काउन्सिल ऐन २०२० संशोधन २०७४ अनुसार यदि आचारसंहिता पालना नभएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।  

नेपाल मेडिकल काउन्सिलले आफ्नो आचारसंहिता २०७३ अनुसार कार्य गर्न चिकित्सक, स्वास्थ्यकर्मी र सेवाप्रदायक संस्थालाई कडा निर्देशन जारी गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.