स्याङ्जामा एक हजारका नक्कली नोटको बिगबिगी

स्याङ्जामा एक हजारका नक्कली नोटको बिगबिगी

स्याङजाः स्याङ्जा सदरमुकाम तथा पुतलीबजार नगरपालिकामा मुख्य बजारबाट नेपाली एक हजार रुपैंयाका नक्कली नोट छ्याप्छ्याप्ती फेला परेका छन् । सहकारीका सेवाग्राहीले आफनो रकम बचत गर्ने क्रममा नक्कली नोट उपलब्ध गराएको हुनसक्ने अनुमान गरिएको छ ।   

पुतलीबजार नगरपालिका–१ स्थित जयजनता बहुउदेश्यीय सहकारी लिमिटेडमार्फत संकलन गरिएको रकम गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा टेलर (पैसा गन्ने मेशिन) ले संकलित रकममध्ये २ वटा हजारका नोटलाई रिड गर्न (गन्न) नमानेपछि नक्कली नोट भएको अनुमान गरिएको हो । 

सो सहकारीले बजारबाट दैनिक बचत कर्ताबाट संकलन गरेको रकममा सो नोट फेला परेको अध्यक्ष संघ ताम्राकारले जानाकारी दिए । सहकारीले गण्डकी बिकास बैकमा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टी भएको बैकका प्रबन्धक प्रबिण श्रेष्ठले बताए ।  

फेला परेका ४ वटै नोट एकै नम्बर च २५–६१४१६३ रहेका छन् । यसैगरी, गण्डकी विकास बैंकमा पनि २ वटा नक्कली नोट भेटिएका छन् । सदरमुकामस्थित अन्य सहकारी र विकास बैंकमा पनि नक्कली जस्ता देखिने नेपाली हजारका रुपैंया भेटिएको बताइएको छ । 

तत्कालीन गभर्नर डा. युवराज खतिवडाको हस्ताक्षर भने अलि नमिल्दो र सानो आकारमा रहेको सो नोटमा छपाई, रङ र विभिन्न चिन्हहरु समेत मिल्दोजुल्दो छन् । बजारको सबै क्षेत्रबाट नक्कली हजारको नोट फेला परेपछि बजारमा धेरै नक्कली नोट हुन सक्ने अनुमान स्थानियबासीको  छ । 

भेटिएका एउटै नम्बरका दुई नोटलाई टेलर मेशिनले पनि गन्न नमानेपछि नक्कली नोट भएको अनुमान लगाउन सकिने बताँउछन प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट । थप प्रमाणिकताका लागि उक्त नोट बिधि विज्ञान प्रयोगशालामा पठाईएको पनि प्रनाउ बिष्टले जानकारी दिए । 

केही दिनदेखि स्याङ्जाका बजारमा देखिएका एकै सिरियल नम्बर च २५–६१४१६३ अंकित नक्कली नोट फेला परेपछि सम्पूर्ण नगद कारोवार कारोबार हुने स्थान तथा ब्यक्तिगत लेनदेनमा समेत उक्त नम्बर उल्लेखित नोट लिई कारोवार गर्न आएमा तुरुन्त खबर गरी सहयोग गर्न प्रहरीको अनुरोध छ । 

एक हजारका नोटको कारोबारमा चनाखो हुन आग्रह गर्दै नक्कली नोट कारोवारीको खोजीकार्य तथा अनुसन्धान सुरु भएको प्रहरीको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.