प्रांगारिक पाठशाला सञ्चालन

प्रांगारिक पाठशाला सञ्चालन

स्याङ्जा : प्रांगारिक तरकारी तथा फलफूल खेती उत्पादन गर्ने लक्ष्यसहित चापाकोट नगरपालिकाले सेखामको सिममा प्रांगारिक पाठशाला कक्षा सञ्चालनमा ल्याएको छ । खाद्यवस्तु, तरकारी तथा फलफूलमा विषादी राखेर उत्पादन गर्ने क्रम बढेपछि चापाकोट नगरपालिकाले विषादीरहित कृषि उत्पादनमा जोड दिएको हो । प्रांगारिक कृषि उत्पादक किसानलाई विशेष सहयोग प्रदान गर्ने जनाउँदै नगरभित्र उत्पादित तरकारी तथा फलफूल उत्पादनमा प्रांगारिक मलको मात्र प्रयोग गर्ने जनाएको छ ।

नगरपालिकाले स्थानीय कृषक र कृषि उत्पादनलाई लक्ष्य गरी प्रांगारिक कृषि पाठशाला सुरु गरेको हो । पाठशाला उद्घाटन गर्दै नगरप्रमुख शिवकुमार गिरीले आधुनिक र व्यावसायिक कृषिका माध्यमबाट चापाकोट नगरपालिकालाई समृद्ध बनाउन सकिने बताउँदै प्रांगारिक कृषि, तरकारी तथा फलफूल उत्पादनमा लाग्नुपर्ने बताए । प्रांगारिक उत्पादनको उपयोगले मानव स्वास्थ्यलाई हित गर्ने बताउँदै प्रांगारिक कृषि उत्पादनमा पहिलो नगरपालिका बनाउने अभियानमा चापाकोटवासीलाई सहयोग गर्न आग्रह गरे ।

चापाकोट नगरपालिकाभित्र जहाँ जे उत्पाद हँुदै आएको छ सोहीअनुरूप विषादी प्रयोग नगरी तरकारी तथा फलफूल उत्पादन गर्ने र उत्पादित वस्तुलाई विशेष प्राथमिकता दिने नगरपालिकाले जनाएको छ । किसानलाई कुन समयमा कुन तरकारी लगाउने, कुन फलफूल लगाउँदा राम्रो उत्पादन लिन सकिन्छ भन्ने विषयमा कृषि प्राविधिक र कृषिविद्को सल्लाहमा सबै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नगरपालिकाअन्तर्गत बाँझो जमिनमा अब प्रांगारिक उपभोग्य तरकारी तथा फलफूल फलाइने भएको छ ।

फराकिला ठूला फाँट अन्न उत्पादनको भण्डार नै हो चापाकोट । यहाँ धान, मकै, तोरी, आलुलगायत फलफूल तथा तरकारी पनि उत्तिकै उत्पादन हुन्छ । ज्याग्दी चापाकोट नहर सिँचाइका माध्यमले खेतबारी सिञ्चित गर्ने नगरपालिका अर्को अभियानमा जुटेको नगर उपप्रमुख विमला श्रेष्ठले बताइन् ।

घरका लागि निर्वाहमुखी तरकारी उत्पादन गर्ने युवा कृषक निर्मल रानाले भने, ‘कुन समयमा कुन खेती लगाउँदा राम्रो उब्जनी हुन्छ, पाठशालाबाट सिक्नेछौं र व्यावसायिक तरकारी तथा फलफूल उत्पादनमा लाग्नेछौं ।’ सिमबाट सुरु भएको अभियान सबै वडामा विस्तार गरिने भएको छ । पाठशालामा कृषिविद् विके श्रेष्ठले प्रांगारिक तरकारी र फलफूल तथा कृषिजन्य वस्तु उत्पादन कसरी गर्ने, कुन मौसमका कुन–कुन बीउ लगाउने, कसरी स्याहार सुसार गर्नेलगायत विषयमा प्रशिक्षण दिनेछन् ।

मानवीय र वातावरणीय स्वास्थ्यका लागि प्रांगारिक खेती अभियानको ठूलो महŒव हुने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताए । यस्ता कार्यलाई सबै नगरपालिका र गाउँपालिकाले सिको गर्नुपर्ने उनको भनाइ छ । ‘विषादी प्रयोग नगरी प्रांगारिक मलको मात्र प्रयोगले कृषिजन्य उत्पादन दिगो, स्वस्थ र टिकाउ हुन्छ’, उनले भने ।

...

प्रांगारिक पाठशाला उद्घाटन गर्दै चापाकोट नगरप्रमुख शिवकुमार गिरी । भवानी अधिकारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.