नेकपाका अध्यक्षले केन्द्रीय कार्यालय अवलोकन गर्ने
काठमाडौँ: नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार धूम्रबाराही र पेरिसडाँडास्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्ने भएका छन् ।
एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।
तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने तयारी छ ।
यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले धूम्बाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन। उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।