‘एमाले-माओवादी एकता अवसरवादी गठजोड’

‘एमाले-माओवादी एकता अवसरवादी गठजोड’

 ओखलढुंगा : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माओावदीबीच भएको एकीकरणलाई अवसरवादी गठजोडको संज्ञा दिएका छन् । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आएका  नेता वैद्यले दक्षिणपन्थी अवसरवादी धारको एकता भएको टिप्पणि गरेका हुन् ।

 नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभई माओवादीको एमालेमा विलय भएको बताए ।

नेपालमा संसोधनवादी अवसरवादी धारको एकीकरण भएकाले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रिकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले प्रष्ट पारे ।

 नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उनले बताए ।  उनले विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको बताए ।

संगठन सुदृढिकरण र जनपरिचालन अभियान अन्र्तगत प्रदेश स्तरीय प्रशिक्षणका लागि महासचिव वैद्य, नेता सिपी गजुरेलसहित एक दर्जन पोलिटब्यूरो र केन्द्रिय सदस्यसहित ओखलढुंगा आएका छन् । प्रशिक्षण शनिबारसम्म चल्ने जिल्ला सेक्रेटरी पर्वतले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.