आम हड्ताल : सर्वसाधारणको पैदलयात्रा, माधव स्कुटरमा, प्रचण्ड गाडीमा (तस्बिरसहित)

आम हड्ताल : सर्वसाधारणको पैदलयात्रा, माधव स्कुटरमा, प्रचण्ड गाडीमा (तस्बिरसहित)

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आम हड्ताल अनुगमन र धर्ना दिन काठमाडौं उपत्यकाका विभिन्न चोकमा आफैं पुगेका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहानैदेखि प्रदर्शन चर्काएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दुवै नेता आम हड्ताल सफल पार्न सडक बन्द गराउँदै हिँडेका हुन्। उनीहरुसँगसँगै नेकपाका नेताहरु उपत्यकासहित देशभर आमहड्ताल सफल पार्न लागिपरेका छन्। 

बिहानैदेखि नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएपछि यातायातका साधन चल्न सकेका छैनन् जसले गर्दा सर्वसाधरण यात्रु मारमा परेका छन्।

बन्दको अवज्ञा गरेको भन्दै बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमाथि आगजनी भएको हो। आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ तर बन्दको आह्वान गरेका प्रचण्ड सडकमा धर्ना र अनुगमन गर्न खुमलटारबाट गाडीमा सातदोबाटो, कोटेश्वर, पुल्चोक हुँदै विभिन्न ठाउँमा आफ्नै गाडीमा गएका छन्।

प्रदर्शनमा सहभागी भएका प्रचण्डले आफूहरुले जनआन्दोलन गर्दा प्रधानमन्त्री केपी ओलीको समर्थनमा हुने प्रदर्शन पञ्चे र्‍याली मात्र हुने दाबी गरे। उनले संविधानविपरित संवैधानिक नियुक्तिको विरुद्ध आम हड्ताल गरेर सडकमा उत्रिनु परेको बताए। 

 नेपाल पनि कोटेश्वरको प्रदर्शनमा सहभागी हुन स्कुटर चढेर पुगेका थिए। ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको नेपालको दाबी छ। उनले संविधानलाई कुल्चिएकाले प्रतिवाद गर्न र आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नुपरेको स्पष्ट पारे।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपाको एउटा समूह सडकमा पुगेको छ। अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको विरोधमा सडक आन्दोलन चर्काएको हो। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिन भएको अवस्थामा सरकारले संवैधानिक नियुक्ति र जिम्मेवारी दिएपछि प्रचण्ड नेपाल समूहले सरकारको विरोधमा बिहीबार आम हड्ताल घोषणा गरेको हो।  

तस्बिर : सुनिता डंगोल र अशोक दुलाल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.