यसरकारण कठिन छ इङ्ग्ल्यान्डलाई रोक्न

यसरकारण कठिन छ इङ्ग्ल्यान्डलाई रोक्न

विश्वकप फुटबलको माहोल निकै तातिएको छ , सामाजिक सञ्जालमा एकअर्कालाई छेड हान्नेदेखि बाजी राख्नेसम्मका कृयाकलाप जारी छन्। नेपाली दर्शकहरुमा धेरैजसो अर्जेन्टिना, ब्राजिल, फ्रान्स र स्पेनका परम्परागत समर्थकहरु धेरै देखिएका छन

 । 

अर्कातिर इङ्ग्ल्याण्डलाई भित्रैबाट समर्थन गर्ने ('भलाद्मी समर्थक' जो सामाजिक सञ्जाल र बाहिर त्यति हो-हल्ला गर्दैनन्) को पनि कमी छैन। तीन सिंहहरुको टिम भनेर चिनिने इंग्ल्याण्डले सन् १९६६ मा आफ्नै देशमा आयोजना गरेको विश्वकपमा त्यस बेलाको पश्चिम जर्मनलाई जितेर ट्रफी उचलेको थियो । तर त्यसपछिका प्रतियोगिताहरुमा खासै सम्झनलायक प्रदर्शन भने गरेको छैन।

सन् १९९० मा चौथो स्थान प्राप्त गरेको इङ्ग्लिस टोलीले १९९४ को विश्वकपको छनोट चरण पार गर्न पनि सकेन। यसैगरी १९७४ र १९७८ को विश्वकप पनि खेलेर होइन, हेरेर नै बिताएको थियो तीन सिंहहरुको टिमले। सन् २००२ मा छैटौँ भएको यो टोली सन् २०१४ मा २६ औँ स्थानमा चित्त बुझाउन बाध्य भयो। 

तर पनि अहिलेको टिम हेर्दा यो पटक १९६६ को इतिहास दोहोर्‍याउने सम्भावना धेरै रहेको कुरा खेलपण्डितहरुले बताउने गरेका छन्। धेरैले बेल्जियम र इङ्ग्ल्याण्डको टिमलाई 'डार्क हर्स' को उपमा पनि दिएका छन् ।

इङ्लिस प्रिमियर लिग विश्वभरका फुटबल लिगहरुमध्ये सबैभन्दा इन्टर्टेनिङ लिग हो । लगानी र आम्दानीको हिसाबले पनि यो सबैभन्दा पहिला आउँछ। विश्वभरका उत्कृष्ट खेलाडीहरुले खेल्ने यो लिग खेल्ने इङ्ग्ल्याण्डका खेलाडीबाटै तीन सिंहहरुको टोली निर्माण गरिएको छ। 

यो अर्थमा उत्कृष्ट खेलाडी त छन् नै उत्तिकै नाम चलेका खेलाडीहरु पनि टोलीमा छन। सायद सम्पूर्ण दर्शकहरुमा सबैभन्दा नाम चलेका खेलाडीहरुले भरिएको टिम नै इङ्लिस होला । फुटबलका लागि ज्यान दिन र लिन पनि पछि नपर्ने इङ्लिस दर्शकहरुको दह्रो साथ र ब्यक्तिगत ख्यातिका कारण इङ्ग्ल्याण्डको टिमलाई केही दवाब त पक्कै छ ।

तर जति हल्ला र चर्चा गरिन्छ, त्यस अनुरुप रिजल्ट नआउँदा समर्थकहरु निराश बन्न परीरहेको अवस्था पनि छ। तर यो पटक त्यो निराशाको इतिहास होइन जितको इतिहास दोहोरिनेमा धेरै समर्थकहरु आशाबादी छन्।

टोलीका म्यानेजर गारेथ साउथगेट हुन्। विभिन्न क्लबहरुबाट र इङ्ग्ल्याण्डको तर्फबाट ५७ खेल खेलिसकेका उनी अनुभवी म्यानेजर हुन। कुन देशसँग कसरी खेल्नुपर्छ भन्ने गहिरो ज्ञान मात्र होइन, अनुभव पनि उनीसँग छ।  

नोभेम्बर २०१६ मा पूर्ण म्यानेजर नियुक्त भएपछि उनको नेतृत्वमा इङ्ग्ल्याण्डले १० वटा अन्तराष्ट्रिय खेल खेल्यो । जसमध्ये ५ खेलमा बिजयी, ३ खेलमा बराबरी र २ खेल मा हार ब्यहोरेको थियो। यो अर्थमा साउथगेटको नेतृत्व सफल नै देखिन्छ, विगतको नतिजा टिमको मनोबल बढाउने किसिमकै छ। 

ब्राजिल र जर्मनीसँगको खेल गोलरहित बराबरीमा टुङ्ग्याएको सिंहहरुको टिमले फ्रान्ससँग ३-२ को हार ब्यहोरेको थियो। अर्को एक खेलमा जर्मनसँग एक गोल ले हारेको इङ्लिस टिमको चर्चा र नामका हिसाबले मनोबल निकै उच्च छ यो पटक ।    

इङ्ल्यान्ड अहिले १९६६ को इतिहास दोहोर्‍उने दाउमा समय कुरेर बसेको छ। खेल हो, सम्भावना सबैको उत्तिकै छ, तर उत्कृष्ट खेलाडीहरुको संयोजन गरेर बनेको यो टोली वास्तवमै जित्न सक्ने अवस्थामा छ यो पटक। 

टिम छनोट निकै बुद्दीमानीपूर्वक गरिएको छ । अनुभवी खेलाडी र जुझारु युबाहरुको समिश्रण गरिएको छ। २३ सदस्यीय टोलीमा एलान लालाना जस्ता खेलाडी टिम भित्र परेनन् र स्ट्यान्डबाई लिस्टमा परे । ह्यारी केन, रहिम स्टेर्लिङ, डेले अल्ली, मार्कस रास्फोर्ड र रुबेन लोफ्टुस जस्ता उत्कृष्ट लयमा रहेका युवा खेलाडीलाई चेल्सीबाट खेल्ने ग्यारी काहिल, टोटन्ह्यामका डेन्नी रोज, एरिक डायर, आर्सनलका ड्यानी वेल्बेक र म्यान्चेस्टर युनाइटेडका यस्ले योङ जस्ता अनुभवी खेलाडीले साथ दिनेछन। 

प्रिमियर लिगमा चमत्कारिक खेल देखाएका रासफोर्ड र ह्यारी केन अनि जेमी भार्डीमध्ये कसलाई अघि सार्ने भन्ने दोधार कयमै छ। पुराना गोलरक्षक जो हार्ट र अनुभवी खेलाडी ज्याक विल्सरले यो पटक टिममा स्थान बनाउन सकेनन । प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेका स्टोक र एभर्टनका गोल रक्षकहरुले ठाउँ पाएका छन् उनीहरुले प्रिमियर लिगकै लयमा खेल प्रदर्शन गरे भने इङ्ग्ल्याण्डले चमत्कारिक नतिजा ल्याउनेमा शंका छैन।

समग्रमा अहिलेको इङ्लिस टिम निकै सन्तुलित र बलियो छ। ब्यक्तिगत खेलको समीक्षा गर्ने खेल स्काउटहरुको नम्बरिङ्ग हेर्ने हो भने अहिले सिंहहरुको टोलीलाई ट्रफी नै सीधै दिँदा पनि फरक नपर्ने टिप्पणी कतिपय खेल पण्डितहरुले गरेका छन्। 

तर समस्या टिम बिल्डिङमा छ। टिम कम्बिनेसन मिल्ने हो र योजनान अनुसार खेल्ने हो भने यो टिमलाई रोक्न निकै गार्हो पर्ने देखिन्छ। प्रारम्भिक चरणका खेलहरु यो टोलीले ट्युनिसिया, पनामा र बेल्जियमसँग खेल्नेछ । यीमध्ये बेल्जियमको टोली निकै सशक्त देखिन्छ । जुन खेल इङ्ल्यन्डको टोलीलाई फलामको च्युरा बराबर हुने पक्का छ।   

विश्वभर छरिएका इङ्ग्ल्याण्डका समर्थकहरु यो पटकको विश्वकप आफ्नो टिमले उचाल्ने कुरामा ढुक्क छन्। एलेक्स ओक्स्लेड र जो गोमेज घाइते हुनाले टिममा पर्न नसकेकोमा भने उनीहरु स्तब्ध छन् तर ट्रेन्ट एलेज्यान्ड्राको टिममा प्रवेशले निराशालाई निस्तेज पारेको छ। 

दोश्रो चरणमा समुह एच को टिमसँग खेल्नु पर्ने इंङ्ग्ल्याण्ड यो पटक रोकिने सम्भावना कम छ। फ्रान्स, ब्राजिल, जर्मन र बेल्जियम जस्ता सशक्त टोलीलाई पन्छाएर विश्वकप उचाल्नु पक्कै सजिलो भने छैन । तर अहिलेको इङ्लिस टोली सिंहकै जस्तो जोश र संकल्प बोकेर रसिया पुगेको छ। 

इङ्ल्यान्ड अहिले १९६६ को इतिहास दोहोर्‍उने दाउमा समय कुरेर बसेको छ। खेल हो, सम्भावना सबैको उत्तिकै छ, तर उत्कृष्ट खेलाडीहरुको संयोजन गरेर बनेको यो टोली वास्तवमै जित्न सक्ने अवस्थामा छ यो पटक। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.