पपुुलिज्मको परिभाषा

पपुुलिज्मको परिभाषा

जुुनसुुकै राजनैतिक विचारधाराको भए पनि मुुलरको विपक्षमा उभिने अथवा मूलधार राजनीतिको विरोध गर्ने व्यक्तिलाई पपुुलिस्ट भन्न थालिएको छ।


जर्मनीका यान विर्नर मुुलर अमेरिकाको प्रसिद्ध प्रिन्सटन विश्वविद्यालयको राजनीतिशास्त्र विषयका प्राध्यापक हुुन्। हार्बर्डलगायत विश्वका अन्य सुुप्रसिद्ध विश्वविद्यालयहरूमा पनि तिनले प्राध्यापन कार्य गरिसकेका छन्। उनका आधा दर्जनभन्दा बढी पुुस्तक प्रकाशन भइसकेका छन्। दी गार्डेनका स्तम्भकार, लन्डन रिभ्युु अफ बुुक्स, न्युुयोर्क रिभ्युु अफ बुुक्सजस्ता प्रतिष्ठित पुुस्तक समीक्षक संस्थाका पुुस्तक समीक्षक छन् उनी। तिनको पछिल्लो बहुुचर्चित पुुस्तक ‘पपुुलिजम के हो ? ’ आएको छ।

पपुुलिजमलाई ठ्याक्कै नेपाली भाषामा के भन्ने ? सायद लोकतन्त्रले ‘लोकप्रिय’ भन्ने होला। माक्र्सका अनुुयायीहरूका निमित्त ‘जनपक्षीय’। तर यी दुुवै शब्दको प्रयोगले ‘पपुुलिजम’ शब्दको मिठास लोप हुुन्छ। त्यसकारण मैले पपुुलिजमलाई नेपालीमा उल्था गर्ने हिम्मत गर्न सकिन।

विगत केही वर्षयता पपुुलिजम शब्द विश्वभरि चर्चित छ। भारतीय प्रधानमन्त्री मोदी तथा हाम्रा प्रधानमन्त्री केपी ओलीलाई पनि धेरैले पपुुलिस्ट भन्छन्। जुुनसुुकै विचारधाराका संवाहक भए पनि राजनैतिक व्यक्तित्वलाई लोकप्रिय हुुने प्रबल चाहना हुुन्छ नै, त्यसकारण सबै राजनीतिज्ञहरू आफूलाई लोकप्रिय प्रमाणित गर्ने दौडमा हुुन्छन्। अनि यो दौडको अग्रिम पंक्तिमा हुुनेहरूमध्येका केहीलाई पपुुलिस्ट भन्ने प्रचलन छ। प्राध्यापक मुुलर पपुुलिजमको शाही परिभाषा फैलाउने काम गरेका छन्, पुुस्तकको पहिलो अध्यायमा। तिनले परिभाषा खोज्दा आफूले झेलेको कठिनाइको व्याख्या गर्ने क्रममा थुुप्रै उदाहरणहरू प्रस्तुुत गरेका छन्, जसमध्ये एउटा उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटर बर्नी सेन्ड्रसको उदाहरण घतलाग्दो छ।

ट्रम्पको पहिचान घोर दक्षिणपन्थी र बर्नी सेन्ड्रसको वामपन्थी छ तर दुुवैलाई सबैले पपुुलिस्ट भन्छन्। यसरी हेर्दा जुुनसुुकै राजनैतिक विचारधाराको भए पनि मुुलर धारको विपक्षमा उभिने अथवा मूलधार राजनीतिको विरोध गर्ने व्यक्तिलाई पपुुलिस्ट भन्न थालिएको छ। त्यसैगरी सम्भ्रान्त वर्गलगायत व्यापारिक प्रतिष्ठानको विरोध गर्ने राजनैतिज्ञहरूलाई पनि पपुुलिस्ट भन्ने प्रचलन छ। अनि पपुुलिस्टहरूको समर्थक चाहिँ संस्थापन पक्षको अकर्मण्यताबाट निराश भएका वा थकित भएर विकल्पको खोजमा लागेका समूह।

अमेरिका मात्र होइन, युुरोप तथा दक्षिण अमेरीकी मुुलुुकहरूमा भएका थुुप्रै विपरीत राजनैतिक विचारधारा तथा चरित्रका राजनैतिक नेताहरूको उदारणहरू प्रस्तुुत गर्दै प्राध्यापक मुुलरले पपुुलिष्ट तथा पपुुलिजमको क्रियाशील परिभाषा पैल्याएका छन् पुुस्तकमा। उनको विचारमा पपुुलिजम एउटा बाहुुल्यवाद विरोधी सम्भ्रान्त विरोधी राजनीति, जसले जनधारणाहरूको आफूले मात्र प्रतिनिधित्व गरेको छुु भन्ने मनशाय सार्वजनिक रूपमा प्रस्तुुत गर्नुु हो। पपुुलिस्टहरूले आफूलाई नागरिकको नजरमा इमानदार, नैतिकवान् तथा सम्भ्रान्त वर्गहरूको विरोधी पात्र भएको पुुष्टि गर्ने प्रयत्न गर्छन्। उनीहरू आफैं मात्र सच्चा जनप्रतिनिधि भएको बठ्याई व्याख्या गर्छन्, अनि आफ्ना विरोधीहरूलाई जनविरोधीदेखि देशद्रोही घोषणा गर्न पछि पर्दैनन्। उनीहरू सधैं अनिष्टको त्रास नागरिकमा फैलाउँछन् (पृ १९)। मुुलरको निक्र्योल छ, आफूलाई पपुुलिस्ट कहलाउनेहरू वास्तवमा सर्वसत्तावादी हुुन्छन्। उनीहरू लोकतान्त्रिक हुुनै सक्दैनन्।

यस पुुस्तकमार्फत प्राध्यापक मुुलरले पपुुलिस्टहरूको असली चारित्रिक गुुणहरूको पहिचान, तिनले सत्ता सम्हालेपछि प्रदर्शन गर्ने गतिविधिबाट छरपष्ट हुुन्छ भन्छन्। पुुस्तकको दोस्रो अध्यायमा विगतका तथा समकालीन पपुुलिस्टहरूले सत्ता सम्हालेपछि आफ्नो असली स्वरूप कसरी प्रदर्शन गरे ? त्यसका थुुप्रै उदाहरण प्रस्तुुत गरिएको छ। पपुुलिस्टहरूमा देखिने समान चरित्रहरूमध्ये एक चाहिँ सत्ता प्राप्ति पूर्व जुुन सम्भ्रान्त वर्गको विरोध गरेका हुुन्छन्, तिनलाई नै काखी च्याप्ने प्रवृत्ति प्रमुुख हो। सत्ता प्राप्तिपछि उनीहरूले नागरिक समाजलाई प्रहार गर्न थाल्छन्, अनि राष्ट्रिय कोषको चरम दुुरुपयोग। आफ्नो अक्षमतालाई लुुकाउने प्रयासमा तिनले अन्ततोगत्वा लोकतन्त्रलाई नै विनाश गर्न लागि पर्छन्।

पुुस्तकको बाँकी भाग कसरी पपुुलिजमको सामना गर्नुुपर्छ वा सकिन्छ भन्ने विषय केन्द्रित गरिएको छ। संक्षिप्तमा प्राध्यापक मुुलरले लोकतान्त्रिक शक्तिका निमित्त पपुुलिस्टहरूको सामना गर्नुुको विकल्प नभएको उल्लेख गरेका छन्। तिनले प्रस्तुुत गरेको सामना गर्ने मुुख्य उपाय चाहिँ पपुुलिस्टहरूले के भने भन्ने तर्फभन्दा सतर्क हुुनुुपर्ने विषय चाहिँ उनीहरूले अपनाएको नीतिहरूको भित्री आशयलाई बुुझ्नुु जरुरी मान्छन्। सञ्चार माध्यम तथा नागरिक समाज सदा चनाखो रहेर उनीहरूले अपनाएको रणनीतिहरूको भित्री आशयलाई सर्वसाधारणसमक्ष प्रस्तुुत गर्नुुपर्छ भन्ने मुुलरको मुुख्य सुुझाव छ। यसै परिपेक्ष्यमा मुुलर नागरिक समाज सचेत भएर सीमान्तकृत समुुदायलाई मूलधार राजनीतिमा सहभागी तुुल्याउने हो भने पनि पपुुलिस्टहरू स्वतः परास्त हुुन्छन् भन्ने मत राख्छन्। पपुुलिस्टहरू आफू लोकप्रिय भएको प्रचार खुुबै गर्छन् तर कति लोकप्रिय छन्, त्यसको मापन गर्न भने कहिले पनि तयार हँुुदैनन्।

पुुस्तक अमेरिका, युुरोप तथा दक्षिण अमेरिका केन्द्रित हुुँदाहुुँदै पनि यसले विश्वव्यापी उपयोगिता राख्दछ। आकारमा सानो भए पनि पुुस्तक अत्यन्त खँदिलो छ। लेखकको प्रत्येक तर्कलाई पुुष्टि गर्ने उदाहरणहरूको प्रस्तुुतिले पुुस्तकलाई यथार्थपरक तुुल्याएको छ। हाम्रो आजको परिपे्रक्ष्यमा पुुस्तक अत्यन्त उपयोगी एवम् सान्दर्भिक भएको हुुनाले पठनीय छ। पुुस्तक आफूलाई लोकतान्त्रिक सम्झिनेहरूका निमित्त मात्र नभएर आफूलाई पपुुलिस्ट तुुल्याउने अभियानमा सामेल सबैका निमित्त पढ्नैपर्ने खालको छ। राजनीति शास्त्री, प्राज्ञिक वर्ग तथा लोकतन्त्रसम्बन्धी अभियन्तहरूका निमित्त यो पुुस्तक अति नै उपयोगी छ।


पुुस्तकः ह्वाट इज पपुुलिजम ?

लेखकः यान विर्नर मुुलर

प्रकाशकः पेन्इन रान्डोम हाउस यूके

२०१७ (दोस्रो संस्करण)

पृष्ठः १४१

मूल्यः रु. ७९८


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.