पार्टी एकता टुंग्याउन बालुवाटारमा नेकपा सचिवालय बैठक

पार्टी एकता टुंग्याउन बालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौँ : पार्टी एकताको काम टुंग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा बसिरहेको छ । 

एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैँले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउने तयारी थालेसँगै सचिवालय बैठक बसेको हो । 

बिहान १० बजेदेखि सचिवालय बैठक बसिरहेको हो । यसअघि एकता टुंग्याउन बनाइएका कार्यदल नै आपसी विवादमा रुमल्लिएपछि सचिवालयबाटै पार्टी एकता प्रक्रिया टुंग्याउने कोशिश थालिएको हो । 

यसअघि सचिवालय र स्थायी समिति बैठकमा प्रस्तुत गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको प्रस्ताव तयार पार्न पटकपटक छलफल गरेका थिए । 
उनीहरूले आइतबारसमेत पार्टीका केही नेतालाई बालुवाटार बोलाई अनौपचारिक छलफल गरेका थिए । पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाई अध्यक्षद्वयले आइतबार छलफल गरेका थिए ।

दुई अध्यक्षले माघ २७ देखि नै तल्लो तह र जनवर्गीय संगठनको एकता प्रस्ताव तयार पार्न निरन्तर छलफल गरेका थिए । आइतबार पनि दुई अध्यक्ष छलफलमा बसेका थिए । छलफलपछि सोमबार सचिवालय बैठक बसेको हो । तर सचिवालयका कतिपय नेताले भने स्थायी समिति बैठकले बनाएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि पहिले छलफल भएपछि मात्र अन्य प्रक्रियाबारे निष्कर्षमा पुगिने बताएका छन् । 

पार्टी एकता प्रक्रिया लम्बिएपछि कार्यकर्तामा निराशा बढ्दै गएको छ । नेकपाका दुवै तर्फका युवक, महिला र विद्यार्थी संगठनहरु पार्टी एकताको प्रतिक्षामा छन् । पार्टी एकता नटुंगिदा भातृसंगठनले आफ्ना गतिविधि पनि अघि बढाउन सकेका छैनन् ।

नेकपाका दुवै विद्यार्थी संगठनले संगठन एकता र स्ववियु निर्वाचन अनिश्चित बनेको भन्दै पार्टी नेतालाई ध्यानाकर्षण गराउन थालेका छन् । अखिल र अखिल क्रान्तिकारीका पदाधिकारीले आइतबार पार्टी कार्यालय धुम्बाराहीमा महासचिव विष्णु पौडेललाई भेटी स्ववियु निर्वाचन र संगठन एकताका विषयमा ध्यानाकर्षण गराएका थिए ।

अखिल अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, उपाध्यक्षहरू सुरेन्द्र बस्नेत, विजय भट्टराई, महासचिव उत्तम अधिकारीलगायत नेताले संगठन एकतामा भइरहेको विलम्ब र स्ववियु चुनावका विषयमा रिपोर्टिङ गरेका थिए । 

उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले निर्वाचन मिति तोक्न नचाहेका कारण स्ववियु चुनाव अन्योलमा परेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.