सीप सिक्‍ने कि ब्रिज कोर्स ?

सीप सिक्‍ने कि ब्रिज कोर्स ?

यस वर्षको माध्यमिक विद्यालय शिक्षा (एसईई) परीक्षामा चार लाख ५० हजार विद्यार्थी सहभागी भए। प्रदेश २ का ७० हजार परीक्षार्थीको परीक्षा जारी छ। अन्य प्रदेशका विद्यार्थीको परीक्षा सकिएको छ। परीक्षा सकिएका र सक्न लागेका अधिकांश विद्यार्थीमा अहिले एक प्रकारको दुविधा उत्पन्न भएको छ— परीक्षा सकेपछि नतिजा नआउँदासम्मको समयलाई कसरी सदुुपयोग गर्ने ?

धेरैले यो समयलाई नयाँ नयाँ पुस्तकको अध्ययन र कुुनै नयाँ सीप सिकेर खर्चनुपर्ने बताउँछन्। कोही भने यो समयमा विगतका पढाइको थकानलाई मेटाउन नयाँ ठाउँ घुमेर आनन्द लिनुपर्ने सुुझाव दिन्छन्। जे गरे पनि, जहाँ गए पनि सिर्जनात्मक काममा यो समयको सदुपयोग गर्नुपर्नेमा भने धेरैको एकमत छ। तर सिर्जनात्मक काम भनेको के हो ? के गरेमा सिर्जनात्मक काम हुन्छ वा कस्ता क्रियाकलाप गरेमा फुर्सदको यो समयलाई सही सदुपयोग गर्न सकिन्छ त ?       

रोजगारमुखी सीप सिक्ने

अहिले धेरै अभिभावकको चाहना छोराछोरीलाई कसरी सीपमूलक शिक्षा दिन सकिन्छ भन्ने छ। विद्यालयको कोरा पढाइले मात्र उनीहरूलाई जीवनोपयोगी शिक्षा दिन नसकिने हुनाले बेलैमा सीपमूलक तालिममा पनि लगाउनुपर्ने शिक्षाविद्हरूको सुझाव छ।

विद्यार्थीको रुचि, बजारको आवश्यकता र रोजगारीको सम्भावना भएका विषयमा तालिम लिएर विद्यार्थीलाई सीपयुक्त बनाउने सकिने शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाको भनाइ छ। ‘मैले के सीप सिकेँ भने ज्यान पाल्न सक्छु भन्ने चिन्तन विद्यार्थीले गर्न सक्नुपर्छ। किनकि अहिलेको प्रतिस्पर्धाको समयमा सीप बिनाको पढाइको कुनै अर्थ छैन’, कोइराला भन्छन्, ‘एसईई दिएर बसेका विद्यार्थीका लागि सीप सिक्ने यो महत्त्वपूर्ण अवसर हो। ’

तस्बिर : सरोज बैजू

सीप सिकेपछि त्यो सीपलाई कहाँ सदुपयोग गर्ने ? बजार कहाँ छ ? बजारसम्म कसरी जाने ? पुराना सीप सिक्ने कि आधुनिक ? यस्तो सीप कहाँबाट सिक्ने ? किताब पढेर र तालिम लिएर ? यस्ता थुप्रै विषयमा विद्यार्थी सचेत हुनुपर्ने कोइरालाको सुझाव छ।

ब्रिज कोर्स भर्ना हुने

फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने सोच बनाउनुभएको छ भनेर एसईई दिएर बसेका विद्यार्थीलाई सोध्ने हो भने धेरैबाट एउटै जवाफ आउँछ— ब्रिज कोर्स पढ्ने। सहरका घरैपिच्छे खुलेका ब्रिज कोर्स प्रदायक संस्थाहरूका कारण विद्यार्थीलाई अहिले इच्छा नभएर पनि यस्ता कक्षामा सहभागी हुन बाध्य बनाएको छ। कक्षा १० मा पढेका विषयहरूको पुनर्ताजगी गर्ने र कक्षा ११ मा आफूले पढ्न चाहेको विषयका बारेमा सारांशमा सूचना दिने यस्तो कोर्स विद्यार्थीका लागि उपयोगी हुन्छ।

बानेश्वरस्थित अल्फाबिटा इन्स्टिच्युटका प्रबन्ध निर्देशक द्धिराज शर्मा फुर्सदको समयको सदुपयोग गर्न र विद्यार्थीलाई किताबी ज्ञान स्मरण गराइराख्न यस्ता कोर्स उपयुक्त हुने बताउँछन्। तर ब्रिज कोर्सको नाममा ट्युसन सेन्टरमा मात्र जाने र पढाइलाई प्राथमिकता नदिने प्रवृत्ति पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको छ। यसबारेमा विद्यार्थी आफैं सचेत हुनुपर्ने शर्माको सुझाव छ।

पुस्तक लेख्ने तथा पढ्ने

फुर्सदको समयलाई पुस्तक पढेर पनि सदुपयोग गर्न सकिन्छ। स्वदेशी तथा विदेशी लेखकले लेखेका कथा, कविता, उपन्यास, चर्चित व्यक्तिहरूको जीवनी, प्रेरणादायी पुस्तक आदिको अध्ययन यो समयमा गर्नुपर्छ। यसले विद्यार्थीलाई भविष्यको योजना बनाउनेदेखि सफलताका सूत्रका बारेमा समेत जानकारी गराउँछ। साथै यस्तो पुस्तक पढ्नेले आफूलाई पनि लेखकका रूपमा स्थापित गराउन सक्छन्।

राम्राराम्रा चलचित्र हेर्ने

फुर्सदको समय बिताउने सबैभन्दा सजिलो उपाय चलचित्र हेर्नु पनि हो। प्रेरणादायी कथा बोकेका, सन्देशमूलक चलचित्र हेरेर एसईई दिएका विद्यार्थीले नतिजा नआउँदासम्मको समयलाई सदुपयोग गर्न सक्छन्। तर चलचित्र हेर्ने नाममा रमाइलोका लागि मात्र साथीभाइसँग घुम्न गएर समयलाई त्यत्तिकै खेर फाल्नु भने हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.