प्याराग्लाइडिङमा आर्मी र गण्डकीको वर्चस्व

प्याराग्लाइडिङमा आर्मी र गण्डकीको वर्चस्व

पोखरा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा कुल ६ स्वर्णमध्ये विभागीय टिम नेपाल आर्मीले चार र गण्डकी प्रदेशले दुई स्वर्ण जितेका छन्।

राष्ट्रिय खेलकुदमा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ प्रतियोगितामा पहिलो पटक प्याराग्लाइडिङ प्रतियोगितामा सहभागी भएको नेपाल आर्मीले पुरुष तर्फ तीन र महिलातर्फ एक स्वर्ण पदक जितेको हो। गण्डकी प्रदेशले महिला र पुरुष दुवैतर्फ एक एक स्वर्ण जितेको छ।

सोमबार सम्पन्न प्रतियोगितामा नेपाल आर्मी चार स्वर्ण र चार रजत पदक जित्दै च्याम्पियन भएको छ। त्यसैगरी गण्डकी प्रदेश दुई स्वर्ण, एक रजत र चार कांस्य पदक हात पार्दै दोस्रो स्थान ओगटेको छ। प्रदेश नं १ एक रजत र एक कांस्य पदकका साथ तेस्रो र प्रदेश ३ एक कांस्य पदकका साथ चौथो भएको छ।

सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले एक्युरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्युरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी चार स्वर्ण पदक हात पारेको हो। त्यसैगरी गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्रीतर्फ दुई स्वर्ण पदक हात पार्न सफल भएको छ।

एक्यरेसी इन्डिभिजुअल पुरुषतर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने नेपाल आर्मीकै ऋषि जलारी पोडले २३ अंकका साथ रजत पदक जिते। गण्डकीका अनिश भट्टराई ३३ अंक प्राप्त गर्दै कांस्य पदक हात पारे।

सोही इभेन्टको महिला तर्फ पनि नेपाल आर्मीकी दुर्गामाया गुरुङले चार सय ७९ अंक प्राप्त गर्दै स्वर्ण पदक जितिन्। यसैगरी गण्डकीकी प्रतिभा भुजेलले पाँच सय ४० अंकका साथ रजत र गण्डकीकै सविता तामाङ पाँच सय ७३ अंक बटुल्दै कांस्य पदक जितेकी छन्।

एक्युरेसी टिम इभेन्टमा नेपाल आर्मी एक सय ७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश नं १ ले एक हजार १९ अंकका साथ रजत पदक हात पारेको छ। गण्डकी प्रदेश एक हजार तीन सय ४५ अंक प्राप्त गरी कांस्य पदकमा चित्त बुझाएको छ।

क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा दुई हजार पाँच सय ९५ अंक बटुल्दै स्वर्ण पदक जितेका छन। नेपाल आर्मीकै विशाल थापाले दुई हजार पाँच सय ५० प्राप्त गरी रजत पदक हात पार्दा गण्डकीका आशिष थापाले दुई हजार पाँच सय ४५ अंकका साथ रजत पदकमा चित्त बुझाएका छन।

क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रिशा बमजनले एक हजार एक सय ३५ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी छन्। नेपाल आर्मीकी स्वस्तिका गुरुङ ६ सय ५७ अंक बटुल्दै रजत पदक हात पारिन्। प्रदेश १ की सुस्मिता सुनुवार तीन सय ४५ अंकका सात तेस्रो हुँदै कांस्य पदक जितिन्।

क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकी प्रदेशले कुल नौ हजार पाँच सय ७६ अंक प्राप्त गरी स्वर्ण पदक जितेको छ। सोही इभेन्टमा नेपाल आर्मीले नौ हजार एक सय १४ अंक बटुल्दै रजत पदक जितेको छ। प्रदेश नं ३ ले आठ हजार दुई सय ४३ अंक प्राप्त गरी कांस्य पदक हात पारेको हो।

वैशाख ६ गते बाट पोखरामा सुरु भएको प्याराग्लाइडिङ प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कांस्य पदकका लागि १० महिलासहित पुरुष ४९ गरी कुल ५९ जना खेलाडी प्रतिस्पर्धामा सहभागी भएका थिए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.