विकासबाट जनताको ध्यान मोड्न 'मेरो सरकार'को पछि लागे : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीले नीति कार्यक्रममा आलोचना गर्ने कुनै ठाउँ नपाएर ‘मेरो सरकार’ भन्ने शब्दका पछि लगेको आरोप लगाएका छन्। शुक्रबार बिहान मदन–आश्रित स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सरकारका राम्रो कामप्रति जनताको ध्यान जाला भनेर ध्यान अन्त मोडेन खोजेको आरोप लगाए। नेकपाले मदन–आश्रित स्मृति दिवसकासाथै पार्टी एकताको १ वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गरेको हो।
संसारमा सबैतिर राष्ट्रप्रमुखले मेरो सरकार नै भन्ने प्रचलन रहेको उनले जिकिर गरे। ‘दुनियाँमा राज्य व्यवस्थाको सर्वाेच्च स्थानको राष्ट्रपतिले संसदमा मेरो सरकार भनेरै सम्बोधन गर्छ’ प्रधानमन्त्री ओलीले भने–‘मेरो सरकारको होइन भने कसको सरकारको प्रतिवेदन पढ्ने त्यहाँ ? अर्काको सरकारको प्रतिवेदन पढ्ने ?’
सरकारले गरेको विकास र राम्रो नीतितबाट ध्यान मोड्न वुद्धिजिवीसमेत लागेको ओलीको भनाई छ। राष्ट्रपतिको सम्बोधन विरोध गर्नु राष्ट्रपतिको विरोध नभएर गणतान्त्रिक संस्थाको विरोध गरेको भनी यसप्रति सजक हुनेपर्ने उनले बताए।
सरकारले राम्रो काम गरिरहेको विराधीलाई चित्त नबुझेको दाबी गरे ‘यस पटक हाम्रो पार्टी बहुमतकासाथ सरकारमा छ कतिलाई पच्या छैन ? अहिले हामीसँग अलिकति दुईतिहाई छैन।’ ओलीले भने–‘नपचेर के गर्ने ? अर्काेपल्ट दुई तिहाईको हुन्छ यो सरकार एकल दुईतिहाइ हुन्छ।’
आफ्नो सरकारले देश र जनताका पक्षमा काम गर्ने भएकाले अर्काे पटक दुई तिहाईको सरकार बनाउने उनले दाबी गरे। आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीले पुनः दोहोर्याए। ओलीले भने–‘यस पार्टीका नेताहरु धन कमाउन हिडेका छैनन्। अरु कुनै उद्देश्यकासाथ हिडेका छैनन्। सार्वजनिक ढंगले चुनौती दिएर भन्न चाहान्छु। भ्रष्टाचार गर्दिन गर्न दिन्न।’
सरकार भ्रष्टाचार र अनियमितताविरुद्ध लाग्दा उल्टै आफैंमाथि प्रहार गरेका आरोप लगाए। आफ्नो सरकारले बालुवाटारको जग्गा अनियमितता, सुन तस्करी काण्डबारे आफ्नो सरकारले खोजी थालेको तर यही विषयलाई उचालेर सरकार र पार्टीमाथि नै प्रहार गर्न खोजेको ओलीको आरोप छ। सरकारको अहिलेको उपलब्धी सफलताको शिखर होइन नभइ सुरुवात भएको ओलीले बताए।
लोकतन्त्र भनेको अराजकता नभई मूल्य, मान्यता मानेको आचरणयुक्त विधिको शासन भएकाले सरकारले यसलाई ध्यान दिएको उनले स्पष्ट पारे।
मनद भण्डारीले अघि सारेको विचार र सोचकै कारण आफ्नो पार्टी मजवुद बनेको ओलीले दाबी गरे । उनलको विचारले प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको र कम्युनिष्टप्रतिको दुष्टिकोण फेरिएको ओलीले बताए ।