त्रिशूली थ्रिवि समयमै सक्न घिसिङको निर्देशन

त्रिशूली थ्रिवि समयमै सक्न घिसिङको निर्देशन

नुवाकोट : निर्माणाधीन त्रिशूली थ्रिवि जलविद्युत आयोजना समयमै सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन्। आयोजनाको निर्माणस्थल नुवाकोटको शान्तिबजारमा स्थलगत निरीक्षण अनुगमन गर्दै घिसिङले उक्त निर्देशन दिएका हुन्। 

सरकारले स्थानीयका अधिकांश मागको सुनुवाई गरेको र कतिपय माग कार्यान्यनको क्रममा समेत रहेका कारण समयमै आयोजना निर्माण सक्न निर्माण पक्ष, नुवाकोटवासी तथा सुरक्षाकर्मीलाई उनले  आग्रह गरे। घिसिङले निर्माणाधिन त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको स्थलगत अनुगमन गर्दै विना कारण काम रोकेको जनाउँदै स्थानीय बासिन्दालाई त्यसो नगर्न आग्रह गरेका छन्।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तर त्रिशूली नदीको पश्चिमी किनारामा निर्माण भइरहेको सो जलविद्युत आयोजना सरोकार समितिका नामबाट आयोजनास्थलको काम रोकिएपछि कार्यकारी निर्देशक घिसिङले  त्यहाँको स्थलगत अनुगमनमा पुगेका हुन्।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ पैह्रेबेसीमा सब स्टेसन निर्माण गरिरहेको छ। हाल आयोजनाको मुख्य सुरुङ, पावरहायस, सर्ज ट्यांक लगायतको निर्माणकार्य भइरहेको छ। आयोजनाको विद्युत आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने लक्ष्य रहेको छ। 

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण ५ अर्ब ७६ करोडबाट लगानी जुटाइएको छ। रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.