अटिजममा स्टिम सेलथेरापी

अटिजममा स्टिम सेलथेरापी

डा. नन्दिनी गोकुलचन्द्रन । अटिजम न्युरो डेभलपमेन्ट डिसअर्डर हो। स्नायु तथा नसासम्बन्धी समस्याका रूपमा पनि अटिजमलाई लिइन्छ। बच्चा दुई वर्ष पुगेपछि नै अटिजम भएको लक्षण थाहा पाउन सकिन्छ। अटिजम भएका बालबालिका आसपमा अन्तरसंवाद वा सञ्चार गर्ने एवं संवाद गर्न सक्दैनन्। आँखा जुधाएर अभिभावक वा अन्य व्यक्तिसँग बोल्न सक्दैनन्। बिना कारण चिच्याउने, कराउने गर्छन् ।

स्टिम सेलथेरापीबाट अटिजम भएका बालबालिकालाई उपचार गर्न सकिन्छ। स्टिम सेल सक्रिय सेल हो। यसले निष्क्रिय सेललाई पनि सक्रिय पार्छ। स्टिम सेलले अन्य सेललाई जगाउँछ। विभिन्न रोगको उपचारमा स्टिम सेल प्रयोग गरिन्छ। नसासम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूमा पनि स्टिम सेलथेरापीको प्रयोगबाट लाभ लिन सक्छन्। अपांगता भएका बालबालिका स्टिम सेलथेरापीबाट सक्रिय जीवन बिताउन सक्षम भएका प्रशस्त उदाहरण छन् ।

यसको उपचारमा सेल्युलरथेरापीको माध्यम सहयोगी हुन सक्छ। सेल्युलरथेरापीले नष्ट भएका कोषको क्षति रोक्छ। सेल्युलरथेरापीलाई स्टिम सेलथेरापी पनि भनिन्छ। शरीरका कुनै पनि कोषिकाको मर्मतका लागि स्टिम सेलको उपयोग गर्न सकिन्छ ।

( काठमाडौंमा आयोजित कार्यक्रममा स्नायुविज्ञ डा. गोकुलचन्द्रनद्वारा व्यक्त विचार ) ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.