नखिपोटमा उभौलीको रौनक (फोटो फिचर)
काठमाडौं : पूर्वी पहाडी भेगका किराँत समुदायले विशेष पर्व उभौली शनिबार धुमधामका साथ मनाएका छन्। राजधानीमा ललितपुरको हात्तीवनमा बिहानै पूजापाठ गरेर उभौलीको औपचारिक सुरुवात हुन्छ। हात्तीवनमा किरातहरुको मन्दिर (माङ्खिम) रहेको छ। त्यहा राई, लिम्बु, याक्खा र सुनुवारले आआफ्नो संस्कार अनुसार पूजा गरेपछि विधिवत रुपमा उभौली सुरु हुन्छ।
सुरुवातमा पूर्वी पहाडी जिल्लामा मात्र देखिने उभौलीको रौनक पछिल्ला दिनमा राजधानीमा पनि देखिन थालेको छ। राजधानीको ललितपुरस्थित नखिपोटमा विशेष नृत्यका साथ उभौली मनाइन्छ।
परम्परागत भेषभुसामा सजिएर किराती समुदायका बालबालिका, किशोर–किशोरी, युवायुवती र वृद्धवृद्धाले उभौलीमा साकेला सिली प्रस्तुत गर्छन्। विविधताले भरिएको नेपाली समाजमा धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा छन्। त्यसमा उभौलीलाई एक महत्वपूर्ण पर्वको रुपमा लिइन्छ।
उभौली पर्व नेपाली जनजीवनमा गहिरो छाप छोड्न सफल छ। विशिष्ट पहिचान बोकेको यो पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा विशेष महत्व दिँदै आएको छ।
उभौलीको रौनकतालाई नखिपोटमा पुगेर विकास कार्कीले कैद गरेका छन् :