राजधानीमा उभौलीको रौनक (भिडियो)
पूर्वी पहाडी भेगका किराँत समुदायले विशेष पर्व उभौली शनिबार धुमधामका साथ मनाएका छन्। राजधानीमा ललितपुरको हात्तीवनमा बिहानै पूजापाठ गरेर उभौलीको औपचारिक सुरुवात हुन्छ। हात्तीवनमा किरातहरुको मन्दिर (माङ्खिम) रहेको छ। त्यहा राई, लिम्बु, याक्खा र सुनुवारले आआफ्नो संस्कार अनुसार पूजा गरेपछि विधिवत रुपमा उभौली सुरु हुन्छ।