त्रिवि सेवा आयोग खारेजीको माग गर्दै प्रदर्शन

त्रिवि सेवा आयोग खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनमा चरम लापरबाही गरेको, त्रिवि सेवा आयोगमा अनियमितता भएको, परीक्षामा अनियमिता भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन्। 

आइतबार मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी* निकट विद्यार्थीले प्रदर्शन गरेका हुन्। त्रिविका विद्यार्थीले प्रदर्शनको तयारी गर्दे गर्दा प्रहरीले धडपकड गरेको थियो। 

प्रहरीले त्रिविका विद्यार्थीलाई धरपकड गरे लगत्तै मंगल उच्च माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी आएर प्रदर्शन गरेका थिए। विद्यार्थीले प्रदर्शनका क्रममा ‘त्रिविसेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीलाई तत्काल बर्खास्त गर।’ लगायत नारा लगाएका थिए। 

तस्बिर : सुनिता डंगोल  

* यसअघि विप्लव नेतृत्वको नेकपा भएकोले सच्याएको। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.