मोदी मन्त्रिमण्डल विभाजन अमित शाहलाई गृह, सितारमनलाई अर्थ

मोदी मन्त्रिमण्डल विभाजन अमित शाहलाई गृह, सितारमनलाई अर्थ

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डलका सदस्यको कार्यविभाजन गरेका छन्। उनले अर्थमन्त्रीमा निर्मला सितारमनलाई नियुक्त गरेका छन् भने भाजपा अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिएका छन्। सितारमन यसअघि रक्षामन्त्री थिइन्।

राजनाथ सिंहलाई रक्षा मन्त्रालय दिइएको छ। उनी यसअघि गृहमन्त्री थिए। पूर्वविदेश सचिव एस जयशंकरलाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ। उनी विदेशसचिव रहँदा नेपालले नयाँ संविधान जारी गर्नुअघि मोदीको विशेषदूतका रुपमा काठमाडौं आएर संविधानमा भारत असन्तुष्ट रहेको र तत्काल जारी नगर्न दबाब दिएका थिए। 
नेपालले उनको सल्लाह नमानेर संविधान जारी गरेपछि उनकै सुझावमा भारतले नाकाबन्दी लगाएको मानिन्छ। नेपालप्रति अनुदार मानिने उनी विदेशमन्त्री नियुक्त भएपछि छिमेकीप्रति भारतको विदेश नीति पनि अनुदार हुने आशंका बढेको छ।

नितिन गडकरीले सडक परिवहन, राजमार्ग सुक्ष्म, लघु तथा मध्यम उद्योग गरी दुई मन्त्रालय सम्हाल्नेछन्। पहिलेकी शिक्षामन्त्री स्मृति इरानीलाई कपडाका साथै महिला र बाल विकाससहित दुई मन्त्रालयको कार्यभार दिइएको छ।

नरेन्द्रसिंह तोमर कृषि मन्त्री, हर्षवर्धन स्वास्थ्य मन्त्री र पीयूष गोयल रेल मन्त्री नियुक्त भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलको सूची यसप्रकार छ : 
प्रधानमन्त्री नरेन्द्र मोदी    : कार्मिक, जन सिकायत, पेन्सन, परमाणु ऊर्जा, अन्तरिक्ष, नीतिगत मामिला र अन्य मन्त्रीलाई जिम्मेवारी नदिइएका मन्त्रालयहरू।

मन्त्री         मन्त्रालय
राजनाथ सिंह        रक्षा
अमित शाह           गृह
नितिन गडकरी        सडक परिवहन, राजमार्ग
डिवी सदानन्द गौडा    रसायन तथा मल
एस जयशंकर             विदेश
निर्मला सितारमण     वित्त तथा कर्पोरेट मामिला
रामविलास पासवान    उपभोक्ता मामिला, खाद्य तथा नागरिक आपूर्ति
नरेन्द्रसिंह तोमर        कृषि, किसान कल्याण, ग्रामीण विकास, पञ्चायती व्यवस्था
रविशंकर प्रसाद        विधि तथा न्याय, सञ्चार, इलेक्ट्रोनिक्स तथा आइटी
हरसिमसरत बादल    खाद्य प्रशोधन उद्योग
थावरचन्द गहलोत    सामाजिक न्याय तथा अधिकार
रमेश पोखरियाल निशंक    मानव संशाधन विकास
अर्जुन मुन्डा        जनजाति मामिला
स्मृति इरानी        कपडा, महिला तथा बाल विकास
डा.हर्षवर्धन        स्वास्थ्य तथा परिवार कल्याण, विज्ञान तथा पृथ्वी विज्ञान
प्रकाश जावडेकर        पर्यावरण, वन तथा जलवायु परिवर्तन, सूचना तथा प्रशारण
पीयूष गोयल        रेलवे, उद्योग तथा वाणिज्य
धर्मेन्द्र प्रधान        पेट्रोलियम, प्राकृतिक ग्यास तथा इस्पात
मुख्तार अब्बास नकवी    अल्पसंख्यक मामिला
प्रह्लाद जोशी        खनन्, कोइला तथा संसदीय मामिला
महेन्द्रनाथ पान्डेय    कौशल विकास तथा उद्यमशीलता
अरविन्द सावन्त        ठूला उद्योग तथा सार्वजनिक संस्थान
गिरिराज सिंह किशोर    पशुपालन, डेरी तथा माछापालन
गजेन्द्रसिंह शेखावत    जलस्रोत

राज्यमन्त्री (स्वतन्त्र)
सन्तोषकुमार गंगवार    श्रम तथा रोजगार
राव इन्दरजीत सिंह    तथ्यांक, योजना तथा योजना कार्यान्वयन
श्रीपाद येसो नाइक    आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध तथा होमियोप्याथी र रक्षा
डा.जितेन्द्र सिंह        पूर्वोत्तर क्षेत्र विकास, पिएमओ, कार्मिक, जनगुनासो, पेन्सन, परमाणु ऊर्जा र अन्तरिक्ष
किरेन रिजिजु        युवा कल्याण, खेल, अल्पसंख्यक मामिला
प्रह्लादसिंह पटेल        संस्कृति तथा पर्यटन
आरके सिंह        ऊर्जा र अक्षय ऊर्जा, सिप विकास तथा उद्यमशीलता
हरदिपसिंह पुरी        आवास तथा सहरी मामिला, नागरिक उड्डयन, वाणिज्य तथा उद्योग
मनसुख मांडविया    पानीजहाज, रसायन तथा मल

राज्यमन्त्री
फग्गनसिंह कुलस्ते        इस्पात
अश्विनीकुमार चौबे        स्वास्थ्य तथा परिवार कल्याण
अर्जुनराम मेघवाल        संसदीय मामिला, ठूला उद्योग, सार्वजनिक संस्थान
जनरल विके सिंह        सडक परिवहन, राजमार्ग
कृष्णपाल गुर्जर            सामाजिक न्याय तथा अधिकार
रावसाहेब दानवे            उपभोक्ता मामिला, खाद्य तथा नागरिक आपूर्ति
किसन रेड्डी                गृह
पुरुषोत्तम रूपाला        कृषि तथा किसान कल्याण
रामदास आठवले            सामाजिक न्याय तथा अधिकार
साध्वी निरञ्जन ज्योति        ग्रामीण विकास
बाबुल सुप्रियो                     पर्यावरण, वन तथा जलवायु परिवर्तन
संजिवकुमार बालियान        पशुपालन, डेरी, माछापालन
संजय धोत्रे            मानव संसाधन विकास, सञ्चार, इलेक्ट्रोनिक्स तथा आइटी
अनुराग ठाकुर            वित्त, कर्पोरेट मामिला
सुरंग अंगडी               रेलवे
नित्यानन्द राय            गृह
रतनलालत कटारिया     जलस्रोत, सामाजिक न्याय तथा अधिकार
भि मुरलीधरन            विदेश, संसदीय मामिला
रेणुकासिंह सरुता        जनजाति मामिला
सोमप्रकाश            वाणिज्य तथा उद्योग
रामेश्वर तेली            खाद्य प्रशोधन
प्रतापचन्द्र सारंगी      सुक्ष्म, लघु तथा मझौला उद्योग, पशुपालन, डेरी तथा माछापालन
कैलाश चौधरी            कृषि तथा किसान कल्याण
देवाश्री चौधरी            महिला तथा बाल विकास


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.