नेपाल भारतको सम्बन्ध अझ प्रगाढ : पूर्व राजदूत उपाध्याय

नेपाल भारतको सम्बन्ध अझ प्रगाढ : पूर्व राजदूत उपाध्याय

सन्धिखर्क : भारतकालागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीको विजयले नेपाल भारतको सम्बन्ध अझ प्रगाढ भएर जाने बताएका छन्। उनले नेपाल वैदेशिक नीतिको बारेमा नरेन्द्र मोदी आफैँले  हेर्ने भएका कारण दुइ देशको सम्बन्ध सुदृढ भएर जाने बताए। 

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उपाध्यायले नेपाल र भारतको सम्बन्ध जति प्रगाढ भयो त्यति देशको विकास हुने बताए। भौगोलिक अवस्था सहज भएकाले दुइ देशबीच आपसी सम्बन्ध र एकता बिना नेपाल अगाडि बढ्न नसक्ने बताए। 

भारतबाट जति सहजरुपमा आयात हुन्छ त्यहि प्रकृतिबाट नै नेपालको उत्पादन निर्यात हुनु पर्ने वातावरण बनाउन नेपाल सरकारले भारत सरकारसँग पहल गर्नुपर्ने उपाध्यायको भनाइ छ। उनले नेपालमा उत्पादन बढाएर भारतमा जति बढी  बिक्री गर्न सक्यो त्यति नेपालको अर्थतन्त्र माथी उक्लने बताए। 

नेपाली कांग्रेसका नेतासमेत रहेका उपाध्यायले प्रतिपक्षमा बसेर जनताको भावना बुझ्ने मत कांग्रेसलाई दिएकाले कुनै घटनाक्रममा पनि सरकारमा सहभागी नहुने धारणा राखे। उनले भने- 'जबसम्म नेपाली कांग्रेसका नेताहरुमा एकता हुन सक्दैन तबसम्म कांग्रेस पाटी अगाडी बढ्न सक्दैन।' 

उनले विखण्डनकारीको नारा लिएको सिके राउतलाई मुलधारको राजनीतिमा ल्याउन सक्ने सरकारले विप्लव समूहसँग पनि वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.