नेवारी भाषामा हस्तलिखित स्वस्थानी

नेवारी भाषामा हस्तलिखित स्वस्थानी

अन्तिम पानाको अन्तिम हरफमा यो वाक्य लेखिएको श्रीस्वस्थानी व्रतकथाको पुस्तक अझै हाम्रो पुस्तकालयमा शोभायमान छ। काशीनाथ बिजुक्छेका सुन्दर हस्ताक्षर त्यसमा उसरी नै चम्किइरहेका छन्। उनले लेखिदिएझैं मेरा हजुरबुवा हरिलालको त्यो नासो आजपर्यन्त अरू कसैकहाँ पुगेको छैन। 

हरेक माघ महिनामा हामी यही पुस्तक बडो जतनसाथ खोल्छौं। सावधानीपूर्वक पढ्छौं। र, श्रीस्वस्थानी माताको भक्तिभाव गर्छौं। यो नेवारी भाषामा हातले लेखिएको स्वस्थानीको पुस्तक हो। जानकारीमा आएअनुसार नेवारी भाषामा २२ प्रकारका लिपि फेला परेका छन्। तीमध्ये एउटा यसमा प्रयोग गरिएको छ। यो नेपाल संम्वत् ९९३ मा अर्थात् करिब डेढ सय वर्ष पहिला लेखिएको हो। पुस्तकमै यो उद्धृत गरिएको छ। 

म विसं १९९२ सालमा भक्तपुरमा जन्मिएँ। मेरै उमेरका पाकामध्ये पढालेखा केहीले यसलाई पढ्न सक्छन्। नत्र यो लिपि खुट्याउन सक्ने व्यक्ति अब कमै छन्। नेवारी भाषाको प्रयोग नै घट्दो छ। लेख्य रूपमा पनि नेवारीलाई अचेल धेरैजसोले देवनागरी लिपि प्रयोग गर्छन्। परापूर्वकालका गौरवमय लिपिहरू क्रमशः नासिँदै मासिँदै गएका छन्। 

यो व्रतकथामा २४ अध्याय छन्। कथा नेवारी भाषामा भए पनि श्लोक संस्कृत भाषामा छन्। 

हिन्दु धर्ममा ‘स्वस्थानी व्रतकथा’को ठुलो महŒव छ। स्वस्थानीे कथा हरेक वर्ष माघ महिनाभरि विशेष गरी हिन्दू महिलाले व्रत बस्छन्। श्री स्वस्थानी व्रतकथा हिन्दु समाजका लागि परिचित ग्रन्थ हो। माघमा घरघरमा यसलाई वाचन गरिन्छ। यसमा त्यही कथा छ, जुन हरेक घरमा हुने नेपाली भाषाको स्वस्थानी पुस्तकमा छ। फरक छ मात्र भाषा। यसको सौन्दर्य भनेकै त्यही हो, जुन मातृभाषामा छ। अर्को सुन्दरता हस्तलिखित हुनुमा छ। 

नेपाल (नेवारी) भाषाको मौलिक लिपि भने रञ्जना हो। यो सबैभन्दा परिस्कृत र कलात्मक लिपि हो। रञ्जनालाई नेपालले राष्ट्रलिपिका रूपमा संयुक्त राष्ट्रसंघमा दर्ता गराएको छ। यो अहिले विस्तार भएर भारत, चीन, मंगोलिया, जापानलगायत धेरै एसियाली मुलुकमा पुगेको छ। नेपालमा भने यसको प्रयोग झन् खस्किँदो छ। यसको उपयोग र संरक्षणमा राज्यले ठोस कदम चालेको छैन। 

नेपाली भावानुवाद : दक्ष प्रजापतिको यज्ञमा महादेवको अपमान भयो भनेर सतीदेवीले हाम फालेर आत्मदहन गरेपछि नारायण नै भागेर अन्तध्र्यान भए। त्यसपछि सबै देवता गन्धर्व किन्नरले अब यहाँ बसेर हामीलाई सुरक्षा हुँदैन भन्ने अठोट गरे। फेरि सबै देवता एकै ठाउँमा बसेर सल्लाह गरे कि दक्ष प्रजापतिको ज्यान रक्षा हुँदैन, महादेवले प्रजापतिलाई छोड्ने छैनन्। ३३ कोटी देवताले पनि रोक्न सक्दैनन् अब युद्ध हुन्छ। विष्णुको सुदर्शन चक्रले पनि निरीह अवस्थामा परेपछि ३३ कोटी देवताको आफ्नो ज्यान जोगाउन १० दिशामा भागाभाग भयो। 

हामीकहाँ भएको हस्तलिखित स्वस्थानी व्रतकथा पुस्तकको बाहिरी ढकनी (गाता) काठ को। शायद चाँपको काठ हुनुपर्छ। त्यसमा अन्डाको भित्री सेतो भागलाई फिटेर विभिन्न वनस्पतिको संयोजनबाट रंग बनाई हरियो, रातो आदि रंग निकालिएको छ। त्यसले अक्षर र चित्र लेखिएको छ। भित्री पाना अक्षर नेपाली कागजमा लेखिएका छन्। पुस्तकलाई कीराबाट जोगाउन हरिताल जडीबुटीबाट रंग्याइएको छ। त्यही कारण यतिका वर्षसम्म जस्ताको तस्तै छ। 

संस्कृति अध्येता तेजेश्वरबाबु ग्वंगः । तस्बिर : अशोक दुलाल

यो व्रतकथामा २४ अध्याय छन्। कथा नेवारी भाषामा भए पनि श्लोक संस्कृत भाषामा छन्। त्यसो त नेवारी भाषाको सुरुआत संस्कृत शब्द अपभ्रंश भएर बनेको पाइन्छ। नेपाली, अंग्रेजीलगायत भाषाको बढ्दो प्रचलनले नेवारीको विस्तारै नेपथ्यमा पुग्दैन। उपत्यकाका मुख्य नेवारी बस्तीमा समेत नयाँ पुस्ताले यसलाई उपयोग गर्न छाड्दै लगेको छ। हाम्रा नाति पनातिसम्म आइपुग्दा यसको ध्वनि र उच्चारणको मौलिकतासमेत हराइसकेको छ।

यिनको संरक्षणमा श्रीस्वस्थानी भवानीको कृपा लागोस्। विजया दशमीको शुभकामना। 
(अन्नपूर्णकर्मी तारा चापागाईंसँगको कुराकानीमा आधारित) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.