मन, खल्ती र कुमलाई शुभकामना !
मनलाई एक्कासि
आफैंमा कुबेर बनें
मन खल्तीमा हुल्न सकेर
कुबेर बनेको मैले
खल्तीमा सार्न मिल्ने मनलाई
मेरै श्रद्धा, सम्मान अनि सम्मोहनका
चढ्दो पारो समर्पण गर्न चाहें।
मनलाई खल्तीमा बसालेर
साहसको स्रोत फेला पारेको
यत्न, जुक्ति र उपायहरू सबै
उपहार, मायाको चिनो यो
हजुरलाई र हजुर जस्तै
हजुरहरूलाई सौगात !
साहित्यिक सम्मान संगम !
आफ्नै इच्छा शक्तिको
रूपसी मेरी प्रियसी !
मनलाई खल्तीमा उतारेर
खल्टीमै समाहित गरी
प्रिय सहकारी बनेको
मैले आफ्नै मन र खल्ती छामिरहेँ।
औंलाको टुप्पो खियाएँ
औंलाहरू चलाएँ,
हत्केला ओल्टाएँ पल्टाएँ
औंला, नाडी, कुइनो र कुमलाई
पौरखले अभिषेक गरें
एकैसाथ जुर्मुराए तिनीहरू।
मन, औंला, हत्केला र खल्ती
अनि,
नाडी, कुइना, कुम र पाखुरीलाई
शुभकामना !