पोखरा महानगरमा समाजवादीका धनराज आचार्य अगाडि
पोखरा : पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ९२३ मत प्राप्त गरेका छन् ।
आचार्यलाई एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन् । थापाले ८०६ मत ल्याएका छन् ।
अहिलेसम्म २४०० मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।