जीवित शिशुलाई मृत घोषणा गर्ने तीन स्वास्थ्यकर्मी निलम्बित

जीवित शिशुलाई मृत घोषणा गर्ने तीन स्वास्थ्यकर्मी निलम्बित

विराटनगर : उपचारका लागि कोशी अस्पताल ल्याइएकी १८ दिने जीवित शिशुलाई मृत घोषणा गर्ने स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ।

अस्पतालको आकस्मिक कक्षमा बुधबार उपचारका लागि ल्याइएकी जहदा–३ भाथीगछका दिलीप मुखियाले शिशुलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएका थिए। 
डाक्टर आकाश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार सुरु गरेका थिए। तर, सही उपचार नै नगरी डा. यादवले जीवित शिशुलाई मृत घोषणा गरिदिएका थिए।

जीवित शिशुलाई मृत घोषणा गर्ने स्वास्थ्यकर्मीहरूलाई अस्पताल प्रशासनले सात दिनका लागि निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा अस्पतालका दुई पारामेडिकल अफिसर र एक जना चिकित्सक रहेका छन्। 

पारामेडिकल अफिसर टिका अधिकारी र लक्ष्मण माझी तथा चिकित्सक आकाश यादवलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै ७ दिनका लागि निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए। 

उनले निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूलाई आगामी ७ दिनसम्म अस्पतालबाट सेवा प्रवाह गर्न रोक लगाइएको जानकारी दिए। उनले भने, ‘शिशुको उपचारमा संलग्न तीनैजना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधिएको हो। त्यतिन्जेल उहाँहरूलाई काम गर्न रोक लगाइएको छ।’

निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिनका लागि अस्पतालले बिहीबार छानबिन समिति समेत गठन गरेको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य रहेका छन्। समितिले घटनाको छानबिन गरी अन्तिम प्रतिवेदन नबुझाएसम्म स्वास्थ्यकर्मीहरूको निलम्बन फुकुवा नगरिने अस्पतालका निम्त्ति मेसु डा. लक्ष्मीनारायण यादवले अन्नपूर्णलाई बताए।

अस्पतालले मृत्यु भएको घोषणा गरिदिएपछि आफन्तले दाहसंस्कारको तयारीसहित शिशुलाई डिस्चार्ज गरी घर ल्याएका थिए। 

तर, ल्याएपछि १८ दिने खुसी जीवितै भेटिइन्। उनको साँस चलिरहेको थियो। उनले हातको औंला पनि चलाइन्। जीवितै रहेको चाल पाएपछि उनीहरूले पुनः शिशुलाई उपचारका लागि गोल्डेन हस्पिटल भर्ना गरे। 

शिशुलाई अस्पताल भर्ना गरेर देवर दिलीप, दाजु मनोज, माइजु जितनी मुखिया र दाजुको साथी सुभाष दाहाललाई साथमा लिएर गुनासो गर्न उमा अस्पताल पुगिन्। 

आकस्मिक कक्षका डा. आकाश यादवलाई जीवित शिशलाई मृत घोषणा गर्नुको कारण माग गरेपछि यादवले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएका थिए। 

डा. चौधरीको जवाफपछि आक्रोशित शिशुका आफन्तहरूले उनीमाथि हातपात समेत गरेका थिए। त्यसपछि सर्वसाधारणको भीड बढ्दै गएपछि ज्यान जोगाउन अस्पतालको पूर्व दक्षिणपट्टिको वाल नाघेर भागेका डा. यादव हालसम्म पत्रकारहरूसँग सम्पर्कमा आउन चाहेका छैनन्।

अस्पताल प्रशासनको उजुरीका आधारमा बुधबार दिलीप, मनोज र सुभाषलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो। तर, करिब २ बजे मिलापत्र गरी उनीहरूलाई रिहा गरिएको छ। 

हाल शिशुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। शिशुलाई अस्पतालको एनआईसियु कक्षमा राखिएको छ। शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका व्यवस्थापक सुनिल बाँनियाले बताए। शिशुलाई बेस्ट ट्रिटमेन्ट दिने प्रयास भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.