उपनिर्वाचन

तनहुँ १ मा मतगणना जारी, स्वर्णिम वाग्लेको दोब्बर मतले अग्रता

तनहुँ १ मा मतगणना जारी, स्वर्णिम वाग्लेको दोब्बर मतले अग्रता
सुन्नुहोस्

तनहुँ : तनहुँ- १ को मतगणना जारी रहेको छ। गएराती ११:४५ बजेबाट सुरुभएको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ।

आज बिहान ६ बजेसम्म भएको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्। हालसम्म ९२४६ मतगणना हुदाँ वाग्लेले ५०१९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले २३५१ मत पाएका छन्।

वाग्लेले २६६८ मतले अग्रता कायम गरेका छन्। एमालेका सर्वेन्द्र खनालले १५४९ मत प्राप्त गरेका छन्।

अहिले ऑबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाको मतपेटिका गणना भइरहेको छ। जिल्ला समन्वय समिति भवनका दुई वटा कोठालाई सुरक्षाका हिसाबले सिसिटीभि जडान तथा तारजाली लगाएर मतगणना गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.