उपनिर्वाचन

सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई पराजित गर्दै रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई पराजित गर्दै रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

तनहुँ : प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ- १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई पराजित गर्दै वाग्ले विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले २० हजार १२२ मत प्राप्त गरे। यसैगरी एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो बनेका छन्। 

कूल ६५ हजार ३१६ खसेको मतमध्ये ६४ हजार १३५ मत सदर भएको थियो।

 तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति  बनेपछि त्यहाँ उपनिर्वाचन भएको थियो। तनहुँमा रास्वपा र एमाले एक्लाएक्लै लडेका थिए। उक्त क्षेत्रमा माओवादी, एकीकृत समाजवादी सत्ता गठबन्धनका आवद्ध दल दलले कांग्रेसका भट्टराईलाई समर्थन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.