‘मदन–आश्रित मृत्युको रहस्य समयक्रममा खोजी हुनेछ’

‘मदन–आश्रित मृत्युको रहस्य समयक्रममा खोजी हुनेछ’
बुधबार तत्कालीन महासचिव मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै एमाले अध्यक्ष ओली। तस्बिर सौजन्य : दिनेश भण्डारी

काठमाडौं : नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको ३१ वर्ष भएको छ।उनीहरूको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।तत्कालीन महासचिव भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गरेका थिए।भण्डारी जनता बहुदलीय जनवाद प्रवद्र्धक हुन्।भण्डारीले नेपालीको कम्युनिस्ट आन्दोलनलाई मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने काम गरेका थिए।

पोखराबाट चितवन फर्किने क्रममा भण्डारी र आश्रितको जिप दुर्घटनामा रहस्यमय ढंगबाट मृत्यु भएको थियो।तर, यतिका वर्षसम्म उनको मृत्युको रहस्य उजागर हुन सकेको छैन।उनीहरूको ३१औं स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको रहस्यमय हत्या बारे समयक्रममा खोजी हुने बताएका छन्।उनले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे।

‘कहाँ र कसरी उहाँहरूको हत्या भएको थियो।त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तर्वार्ता दिनुभएको थियो केही अगाडि।त्यसमा उहाँले मदन भण्डारीको हत्या गर्ने काम मलाई जिम्मा दिन खोजिएको थियो तर, मैले जिम्मा लिन मानिनँ भनेर खुलस्त पार्नु भएको छ,’ उनले भने, ‘फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर नामै तोक्नु भएको छ।यो सबैको समयक्रममा खोजी हुनेछ।’ 

अध्यक्ष ओलीले समृद्ध नेपाल बनाउने भण्डारीको सपना उत्तराधिकारीले पूरा गर्नुपर्ने बताए।जननेता भण्डारीले छोडेर गएको अभिभारा पूरा गर्न सक्ने विचार र संगठन एमालेसँग रहेको उनको दाबी छ।पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाई सक्रिय बनाउनु पर्ने बताउँदै अध्यक्ष ओलीले भने, ‘नेपाललाई आधुनिक, सम्पन्न र न्यायोचित देशका रूपमा परिणत गर्ने कर्तव्य हाम्रो काँधमा आएको छ।यो हाम्रा सन्तति र भविष्यसँग जोडिएको विषय हो।’ 

समृद्ध नेपाल बनाउने यात्रामा अवरोध पुर्‍याउन विरोधीहरू षड्यन्त्र गरेर आउने हुँदा जननेता भण्डारीले छोडेर गएको अभिभारा पूरा गर्न सजिलो नभए पनि सम्भव रहेको उनको भनाइ छ।अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्तालाई ‘हामी जित्छौं’ भन्ने आत्मविश्वास र उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे।

उनले देशको परिस्थिति अत्यन्तै गम्भीर र जटिल रहेको बताए।अध्यक्ष ओलीले नेपाली कांग्रेस देशलाई कसरी सही बाटोमा लैजानुपर्ने हो भन्ने सोच्न सक्ने अवस्थामा पनि नरहेको आरोप पनि लगाए।उनले सरकार उद्देश्यविहीन, गन्तव्यहीन, नीतिविहीन तथा कार्यक्रमविहीन अवस्थाबाट गुज्रिइरहेको बताए।

अध्यक्ष ओलीले भने, ‘सत्तारूढ गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेस ‘भोलि उठी कहाँ जाने केही थाहा छैन...’ बोलको गीत जस्तो अवस्थामा छ।सरकार सर्पको मुखमा परेको भ्यागुतोजस्तो आफू सर्पको आहारा बन्दाबन्दै पनि खान पाए नछोड्ने खालको छ।’

महासचिव शंकर पोखरेलले मुलुकको संकटमोचन गर्न सक्ने पार्टी एमालेमात्रै भएको बताए।उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता आजका चुनौती रहेको बताए।

यसैबीच एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अलोकतान्त्रिक बनेको बताए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.