मधेसको आर्थिक र सामाजिक रुपान्तरणको कार्यक्रम तयारी गर्न एमालेले बनायो समिति

मधेसको आर्थिक र सामाजिक रुपान्तरणको कार्यक्रम तयारी गर्न एमालेले बनायो समिति

ढल्केवर(धनुषा) : नेकपा एमालेले मधेसको आर्थिक र सामाजिक रुपान्तरणको कार्यक्रम तयारी समिति बनाएको छ। 

मंगलबार जनकपुरधाममा सम्पन्न नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकले मधेसको आर्थिक/सामाजिक रुपान्तरणको तत्कालीन तथा दीर्घकालीन कार्यक्रम तयारीका लागि समिति गठन गरेको हो।

पार्टीकी नेतृ जुली महतोको संयोजकत्वमा उक्त समिति गठन गरिएको मधेस प्रदेशका प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले अन्नपूर्णलाई जानकारी दिए। उनले विभिन्न क्षेत्रका विज्ञहरूलाई समावेश गरेर उक्त समितिलाई पूर्णता दिइने तथा प्रदेशभरी र विभिन्न विज्ञहरूसँग छलफल र अन्तरक्रिया गरी अवधारणा पत्र तयार गर्ने समेत निर्णय भएको बताए।

प्रदेश, जिल्ला, पालिका र वडातहसम्म आवासीय प्रशिक्षण सञ्चालन गरिने, वडा तहसम्म पार्टी कार्यालय व्यवस्था गरी पार्टी कामलाई व्यवस्थित गर्दै जनगुनासा सुन्ने र सम्बोधन गर्ने समेत निर्णय भएको शर्माले जनाए।

बैठकले मिथिला पार्टी भवन निर्माणका लागि लीला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमाशंकर अरगरिया, राम अवतार यादव, सरोज यादव, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी सदस्य रहने गरी समिति गठन गरिएको उनले उल्लेख गरे। 

उनका अनुसार अधिवेशन गर्न बाँकी जनसंगठनहरूको प्रदेश अधिवेशन भाद्र २० गतेभित्र गर्न र जिल्ला अधिवेशन मंसिरभित्रमा गर्न निर्देशन गरिएको छ।  

‘विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताको व्यवस्थापन गर्न सुमन प्याकुरेलको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ,’ प्रचार विभाग प्रमुख शर्माले भने ‘बैठकबाट आगामी चैत्रभित्रमा प्रदेश कमिटी, सबै जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीहरूको अधिवेशन तथा गठन र पुनर्गठन सम्पन्न गर्ने निर्णय समेत भएको छ।’

पार्टी सदस्यताको नवीकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रूपमा अघि बढेको दावी गर्दै उनले सदस्यताको अभिलेखीकरण र प्रमाणीकरणको जिम्मेवारी प्रदेश अध्यक्ष राम अवतार यादव र जिल्लाका संगठन विभाग प्रमुखहरूलाई प्रदान गरिएको बताए।

आउँदो असोज ५ र ६ गते जनकपुरमा आयोजना गरिने पार्टीको मधेस प्रदेश अधिवेशनको उदघाट्न अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको प्रचार विभाग प्रमुख शर्माले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.