पर्यटन दशक, छैन तयारी

पर्यटन दशक, छैन तयारी
फाइल तस्बिर।
सुन्नुहोस्

सरकारले बजेटमार्फत सन् २०२३ देखि सन् २०३२ लाई पर्यटन दशक घोषणा गर्‍यो। त्यसअन्र्तगत सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने र २०२५ लाई पर्यटन विशेष वर्ष मनाउने भनेर घोषणा गरिएको थियो। यस्तो घोषणा गरिएको सात महिना बित्यो। तर, न पर्यटन दशकको कुनै कार्यक्रम बनेका छन्। न त सचिवालय नै गठन भएको छ।

त्यतिमात्र होइन, सरकारले पर्यटन दशक कार्यक्रमका लागि बजेट पनि छुट्ट्याएको छैन। सरकारले कार्यक्रम घोषणा गरे पनि तयारी नै गरेको छैन। सरकारको यो गति र शैलीले पर्यटन दशकको कार्यक्रम कसरी सफल होला ? 

पर्यटन दशक कार्यान्वयन गर्न त्यति अप्ठ्यारो छैन। हामीले सन् २०२० लाई भ्रमण वर्षको घोषणा गरेका थियौं। त्यो बेला तीन दर्जनभन्दा बढी पर्यटक आकर्षक प्याकेज बनाएका थियौ। पर्यटक दशकलाई सफल पार्न पुराना प्याकेजलाई परिमार्जन गर्न सकिन्छ। अधिकांश प्याकेज अहिले पनि काम लाग्ने खालकै छन्। अर्को राम्रो पक्ष के हो भने आन्तरिक पर्यटक पनि फस्टाइरहेको छ। सरकारले राष्ट्रिय कार्यनीति र राष्ट्रिय दृष्टिकोण राखेर अघि बढे पर्यटक दशक सफल बनाउन सकिन्छ। 

कोभिड पछाडि बिस्तारै पर्यटक बढ्दैछन्। दसैं, तिहारपछिको समयका लागि होटेलको बुकिङ पनि उत्साहजनक छ। गत साता सात सय जना बंगलादेशी एकैपटक नेपाल आए। यसले हाम्रो पर्यटन उद्योगमा राम्रो सन्देश प्रवाह भएको छ। यसले सम्भावना छ भन्ने देखाउँछ। 

कोभिडको समयको झन्डै तीन वर्ष यो उद्योग प्रायः ठप्प नै भयो। तर, यो क्षेत्रमा नयाँ लगानी थपिने क्रम रोकिएको छैन एकपछि अर्का ठूला र चेन होटल तथा साना होटलहरू पनि थपिँदै गएका छन्। हाल १८ पाँचतारे होटल सञ्चालनमा छन् भने त्यति नै संख्यामा केही वर्षमा सञ्चालनमा आउँदै छन्। पर्यटकलाई दिन सक्ने सुविधा क्षमतामा अभिवृद्धि भएको छ। काठमाडौंमा मात्र होइन पूर्वको झापा, इलामदेखि पश्चिमको धनगढीसम्म नै पाँचतारेलगायत पर्यटकीयस्तरीय होटलहरू सञ्चालनमा आइसकेका छन्। अब सरकारको यो विषयमा राम्रा योजना ल्याएर काम गर्नुपर्छ । 

( शाह, होटल संघका अध्यक्ष हुन्)  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.