प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, कसलाई कुन मन्त्रालय ?

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण, कसलाई कुन मन्त्रालय ?
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद्को पुनर्गठन गरेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे सहभागी थिए।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन्। 

null

माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ६ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ वटा मन्त्रालयको जिम्मेवारी पाएको छ। पार्टी बैठकको निर्णय अनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सुमना श्रेष्ठलाई पठाइएको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए। गृहमा पुन: लामिछाने दोहोरिने अडान लिएका थिए।null

एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भानुभक्त जोशी र शहरी विकास मन्त्रीमा धनबहादुर बुढा रहेका छन्। समाजवादीले मन्त्रीको नामावली दिन ढिलाई हुँदा पद तथा गोपनीयताको शपथ ग्रहण निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो।

null

सोमबार भएको नयाँ सत्ता समीकरणमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा छन्। उनीहरुले अन्य दललाई पनि गठबन्धनमा भित्र्याउन पहल गरिरहेका छन्। सोमबार नै एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याललाई बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेका थिए। उनीहरुको मन्त्रालय आज टुंगो लागेको हो।

null

 

यता गठबन्धनमा आवद्ध जसपाका नेता मोहम्मद इस्तिहाक राईले नयाँ सत्ता समिकरणलाई समर्थन गरेको भएपनि सरकारमा सहभागी हुने/ नहुने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.