'रास्वपाको अस्तित्वलाई कांग्रेसले स्वीकार गर्न सकेन'

'रास्वपाको अस्तित्वलाई कांग्रेसले स्वीकार गर्न सकेन'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको टिप्पणी गरेका छन्। संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद अवरुद्ध गरेको टिप्पणी गरेका हुन्।

उनले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई स्वीकार गर्न नसकेको जिकिर गरे ।  सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल,सम्वाद गरेपनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनको भनाइ छ। 

परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउनका लागि र सदनको काम कारवाही प्रभावकारी बनाउनका लागि चालु अधिवेशन अन्त्य गरेको धारणा राखे। उनले बजेट अधिवेशनसम्म सबै कुरा छर्लङ्ग हुने दावी गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.