प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध उजुरी आह्वान गरिएको छ। बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सिफारिस प्रधानन्यायाधीश राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान  गरेको हो।

समिति सभापति ईश्वरी देवी न्यौपानेले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीका लागि १० दिनको समयसीमा दिएको जानकारी दिइन्।

भदौ ३१ गते सोमबार संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो। जसमा न्यायाधीशहरू राउतसँगै, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका थिए।

यसैगरी सुनुवाइ समिति बैठकले अष्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूत क्रमश: चित्रलेखा यादव र सेवा लम्सालविरुद्ध पनि उजुरी माग गरेको छ। मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलिया र  लम्साललाई बेल्जियमका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।

संसद्को संसदीय सुनुवाई समितिले प्रस्तावि प्रधानन्यायाधीश र राजदूतहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.