मोर्चाको बैठक माघ २ गते बोलाउने प्रचण्ड र नेपालबीच सहमति

मोर्चाको बैठक माघ २ गते बोलाउने प्रचण्ड र नेपालबीच सहमति
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चालाई क्रियाशील बनाउने निर्णय गरेका छन्। शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई दलका नेताहरूबीचको छलफलले समाजवादी मोर्चालाई क्रियाशील बनाउने निर्णय गरेको हो।

मोर्चालाई क्रियाशील बनाउन आगामी माघ २ गते समाजवादी मोर्चामा रहेका चार दलको बैठक बस्ने निर्णय भएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जानकारी दिए। उनले मोर्चालाई सक्रिय बनाउने विषयमा नै दलहरूबीच निरन्तर छलफल भएको बताए। 

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माघ २ गते बैठक बसेर मोर्चालाई क्रियाशील बनाउने र अन्य दललाई पनि मोर्चामा आबद्ध गर्दै लैजाने जानकारी दिए। संविधान संशोधनका विषयमा आफ्नो पार्टीले पनि कार्यदल बनाएको भन्दै संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.