मिसन ८४ भनेको जनतालाई ठग्ने कुरा हो : जनार्दन शर्मा

मिसन ८४ भनेको जनतालाई ठग्ने कुरा हो : जनार्दन शर्मा

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले मिसन ८४ भनेर जनतालाई ठग्ने काम भइरहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले मिसन ८१ चलाउनुपर्ने आवश्यक रहेको बताए।

'अहिले त मिसन ८१, ८२ वा ८३ चलाउनुपर्ने हो। तर, मिसन ८४ चलाइरहेका छौं। यो मिसन ८४ भनेको जनतालाई ठग्ने कुरा हो,' उनले भने। सांसद शर्माले नेपाललाई सिंगापुर होइन, नेपालजस्तै बनाउनुपर्ने बताए।

उनले सरकारले ल्याएको अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको बताए। उनले अध्यादेशका विषयमा छलफल गराउन मागसमेत गरे। 'अध्यादेश ल्याउन पाइन्छ। तर, अध्यादेशले कालोबजारी बढ्ने हो कि? सरकारी सम्पत्ति बाँड्ने हो कि? भन्ने शंका छ। अध्यादेशको कन्टेन्ट मुख्य कुरा हो नि,' उनले भने, 'अहिले घाँटीमा अड्केको हड्डीजस्तो भइरहेको छ अध्यादेश।' उनले अध्यादेशमा छलफल गराउन र आफूहरूको मत राख्न दिन आग्रह गरे। 

त्यस्तै पूर्व अर्थमन्त्रीसमेत रहेका शर्माले बजेट बनाउँदा आफ्नो निर्वाचन क्षेत्रलाई मात्र प्राथमिकता दिने काम बन्द गर्नुपर्ने बताए। 'बजेट बनाउनेले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट पार्ने गरेका छन्। त्यसबारे छलफल गर्न पर्दैन? भ्रष्टाचार क-कसले गर्दैछन्? त्यसबारे छलफल गर्न पर्दैन? सुशासन स्थापना गर्ने संस्कार कसले स्थापना गरिदिने हो?,' उनले प्रश्न गरे। 

सांसद शर्माले शान्ति प्रक्रियाका काम पूरा गर्न र भूकम्प पीडितहरूको समस्या समाधान गर्न पनि सभामुखसँग आग्रह गरेका  थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.