नेपाल महोत्सव तासमेनियाको भव्य तयारी

नेपाल महोत्सव तासमेनियाको भव्य तयारी
सुन्नुहोस्

होबार्ट : अस्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टमा यही आउँदो मार्च २९ मा अजी फाइनान्स एन्ड होम लोन तास्मानियाको प्रस्तुतीमा नेपाल महोत्सव आयोजना हुने तयारी जोडतोडका साथ अगाडि बढिरहेको कुरा आयोजक एनआरएन तास्मानिया राज्य समितिले जानकारी दिएको छ।

अहिले दस हजारभन्दा बढी नेपालीहरू तास्मानिया राज्यमा बसोबास गरिरहेका छन्। यसै सन्दर्भमा नेपालीभाषी भुटानीहरुको   जोडिँदा तास्मानिया राज्यको दोस्रो ठूलो भाषा नेपाली बन्न पुगेको छ।

अस्ट्रेलियामा नेपाल चिनाउने मेलाको रुपमा परिचित नेपाल महोत्सव हरेक राज्यमा आयोजना हुँदै आएको छ। मार्च महिनाको अन्तिम शनिबार तास्मानियामा भव्य र सभ्य रूपमा यसको आयोजनाको तयारी भैरहेको एनआरएन तास्मानियाका संयोजक जगदिश खड्काले बताए।

तास्मानिया राज्यका सबै राजनीतिक दलका नेता र राज्य प्रमुखको समेत सहभागिता रहने यस महोत्सव नेपाल चिनाउने अभियानमा अरूभन्दा केही अलग र फरक रहने खड्काले बताए। 

अस्ट्रेलिया सरकारका महत्त्वपूर्ण पदाधिकारीहरू सहभागिता रहने यस महोत्सव राज्यको प्राथमिकतामा समेत पर्दै आएको खड्काले बताए। नेपाली कला, संस्कृति र पहिचानलाई सात समुन्द्र पारी विदेशी मुलुकमा नेपालको परिचय र प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ आयोजना हुने उक्त महोत्सवले अस्ट्रेलियामा रहेका नेपाली दोस्रो जेनरेसनलाई समेत आकर्षण गर्ने र विदेशमा मुलुक चिनाउने अभियानका रूपमा हामीले यसलाई अगाडि बढाएका छौं,' संयोजक खड्काले भने।

यसपटक महोत्सवमा नेपाललाई चिनाउने नेपाली पहिरनसहितको परेड, नृत्य तथा संगीत साथै मुलुक चिनाउने नेपाल हाउस लगायतका थुप्रै आकर्षणहरू रहनेछन्। यसैगरी होबर्टका मुख्यमुख्य स्थानहरूमा नेपाल फेस्टिवल तास्मानिया २०२५ तथा मुख्य प्रायोजक रहेको अजी फाइनान्स एन्ड होम लोनको लोगो सहितको झण्डा पनि मुख्य आकर्षकका विषय रहेका छन्।

होबार्टको केन्द्रबिन्दुमा रहेको पार्लियामेन्ट हाउस लनमा आयोजना हुने महोत्सवको प्रमुख अतिथिको रुपमा तास्मानियाका प्रीमियर जेरेमी रकलीफ रहनुहुनेछ। विशेष अतिथिमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव रहनेछन्। त्यस्तै, महोत्सवमा लेबर सांसद एला हेडेड, लिबरल सांसद म्याडेलिन ओगील्भी र ग्रीन पार्टीका सांसद हेलेन बर्नेटको उपस्थिति पुष्टि भैसकेको कुरा एनआरएन तास्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए।

अजी फाइनान्स एन्ड होम लोन तास्मानिया प्रस्तुतीका रुपमा रहेको यस महोत्सवलाई अस्ट्रेलियन फेडेरल गभर्मेन्ट, सिटी अफ होबार्ट काउन्सिल र मल्टीकल्चर तास्मानियाले पनि सहयोग गरेको कुरा उपसंयोजक अधिकारीले बताए। महोत्सवमा नेपाली कलाकारहरु कन्दरा ब्यान्ड, समीक्षा अधिकारी, उदेश श्रेष्ठ र युवराज चौलागाई लगायतको प्रस्तुति रहनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.