मित्र निरो नै हुन् त !

मित्र निरो नै हुन् त !
सुन्नुहोस्

मलाई झोक चल्यो। भनिदिएँ, ‘भो गर्‍यौ व्यवस्थापन ! देश भड्खालोमा जाकिन लागिसक्यो। तिमी यो मेचमा बसिरह्यौ भने देश जलिरहँदा बाजा बजाइरहने रोमका सम्राट् निरो जस्तै तिमी या त कतै लुकेर खुसी मनाइरहेका हुन्छौ या कतै विदेशमा पलायन भइसकेका हुन्छौ।’

म आफू पनि अलि ढिँड छु कि जस्तो लाग्छ कहिलेकाहीँ। मेरा मित्र मेरा कुरा पटक्कै मान्दैनन्। सुधार्न खोजेको पनि जान्दैनन्। तैपनि मलाई उनकहाँ नगई चित्तै बुझ्दैन। उनको गल्ती नऔंल्याई मनै मान्दैन। 

असम्भव भन्ने थाहा हुँदाहुँदै पनि उनलाई सुधार्न खोज्ने मेरो प्रयासले कहिले हरेस खाएको छैन। यसैलाई भन्छन् होला सच्चा मित्रता। बालसखा हुनुको एउटा दोष वा गुण यही होला। त्यसैले यसपाला पनि गएँ उनलाई भेट्न उनको आलिसान सरकारी दरबारमा।
म पुगेको थाहा पाउनेबित्तिकै तल झरे मलाई लिएर माथि उक्लन, उनको मुख्य बैठकमा। भने, ‘सुपर्णखा, मेरा मित्र, भन आज के कुरा भन्नु छ तिमीलाई ? आफ्ना लागि त तिमी कहिल्यै केही भन्ने होइनौं। न कसैको सिफारिस गर्न आउँछौ। 

मेरो के त्रुटि औंल्याउन आयौ ?’
मैले पनि गम्किएरै भनें, ‘जति भने पनि तिमीले एक कानले सुनेर अर्को कानबाट उडाउने हौ भन्ने थाहा छँदैछ। 
तैपनि मन मान्दैन। के गर्नु ?’ उनी मुस्कुराइरहे बोलेनन्। त्यत्नाखेरै कफी आइपुग्यो दुई कप। कफीको सुर्को लिँदै भनें, ‘मित्र, अति भयो, यार ! कमभन्दा कम समाजको ख्याल गर, आफ्ना मित्रहरूको ख्याल गर। जताततै तिम्रा आलोचना सुन्छु, तिम्रै अगाडि तिमीलाई दुत्कारेको देख्छु। असह्य हुन्छ मलाई। पीडा 
हुन्छ आफ्नो बालसखाको हुर्मत लिएको देखेर।’
उनले मुख खोले, ‘विरोधीहरूले त सधैं त्यसै गर्छन् नि। तिनका कुरा सुनेर पनि हुञ्छ ? सधैं मेरो महँगो मेचको डाढ गर्छन्। तिनीहरूकै आशीर्वादले मैले यो मेच पाएको जस्तो 
गर्छन्। अब त्यस्ताको विरोधको के महत्व छ र !’

‘तिम्रो विरोध गर्ने सबै तिम्रा विरोधी नठान। मैले देखेको छु– हिजो तिम्रो प्रशंसा गरेर नथाक्नेहरूको थुप्रो जमातले नैं तिम्रो विरोध गरिरहेका छन्। उनीहरूको त्यो विरोध त तिमीलाई बदनाम हुनबाट रोक्नका लागि हो। ती तिम्रा शुभचिन्तक हुन्।’ मेरो कुरा सिद्धिन नपाउँदै उनले मुख खोले, ‘लछारपाटो लाग्यो ती मेरा शुभचिन्तक भएर। शुभचिन्तक भए यहाँ आएर सुटुक्क मलाई भन्नु पथ्र्यो। सार्वजनिक ठाउँमा मेरो उछित्तो 
काँड्नेगरी मलाई सराप्नु हुन्थ्यो ?’

मैले पनि भनें, ‘तिमीकहाँ ती कसरी आउन् ? तिमी चौतर्फी घेरामा बसेका छौ। त्यो घेरा तोडेर तिमीकहाँ पहुँच पुर्‍याउनु भनेको त चक्रव्यूह छिचोल्नुभन्दा गाह्रो छ। लेखेर सुझाव दिँदा समातेर थुनिहाल्छौ प्रायोजित मुद्दा लगाएर। सार्वजनिक ठाउँबाट भन्दा पो तिमी र तिम्रा हण्डीहरूले भेउ पाउन सक्दैनौ र ती सुरक्षित हुन्छन्।’
उनले सोधे, ‘ल तिमी नैं भनन त मैले के गर्नु पर्‍यो ?’

मैले पनि मजासँग भनें, ‘भ्रष्टाचारकै विरोध गरेर भ्रष्टाचार गर्ने गरेको कुरा, तिम्रा अकर्मण्यता, असक्षमता आदिका कुरा त कति गर्नु। तिमी कानमा तेल हालेर बसी हाल्छौ। सुन्छौ भने भन्छु। हेर, ती ऋषिहरू अहिले केही कुराले सताइएर एक ठाउँमा जम्मा भएका छन्। ती राष्ट्रका ज्ञानका जरा हुन्। १७ दिनसम्म तिनलाई झुलाएर राख्यौ। 

ज्ञान प्रवाहमा बाधा पार्‍यौं। त्यतिन्जेल तिमी बेपर्वाह घुमेर बितायौ। १७ दिनपछि पनि तिनलाई तपाईंहरूका ज्ञान प्रवाहमा परेका यी यी बाधा म हटाइदिन्छु भन्ने वाचा गर्दै यी यी कुरामा चैं तपाईंहरू चित्त बुझाउनुस् भनेर मनाउनु त परै जावस् अल्मल्याउने जुक्तितिर पो लाग्यौ त तिमी। अनि तिमी उल्टै प्रशंसा खोज्छौ।’

उनले उदेकलाग्दा कुरा पो गरे त। भने, ‘हेर, सुपर्णखा, भन्नेबित्तिकै मान्न थाल्यो भने त धेरै समस्या आउँछ। 
देखेनौ ? तिले मेरो महँगो मेच नैं तान्न कोसिस गरिरहेका। तिनीहरू हार खाएर भाग्लान् भनेर धैर्य धारण गरिराखेको थिएँ। तिनीहरू त ज्याद्रो रहेछन्। टसमस नहुने देखेपछि अल्मल्याउन त पर्‍यो नैं। जे जे भन्यो त्यै त्यै मान्न त म सक्दै सक्दिनँ। जे होस्, 
अल्मल्याएर तितरबितर पार्ने हो। त्यति नजानेको भए म कसरी व्यवस्थापन गर्न सक्थें।’

मलाई झोक चल्यो। भनिदिएँ, ‘भो गर्‍यौ व्यवस्थापन ! देश भड्खालोमा जाकिन लागिसक्यो। तिमी यो मेचमा बसिरह्यौ भने देश जलिरहँदा बाजा बजाइरहने रोमका सम्राट् निरो जस्तै तिमी या त कतै लुकेर खुसी मनाइरहेका हुन्छौ या कतै विदेशमा पलायन भइसकेका हुन्छौ।’
कफी सक्किसकेको थियो। उनको कुरा सुन्ने धैर्य ममा नभएकाले म त्यहाँबाट लुसुक्क हिँडें, उनले रोक्न खोज्दाखोज्दै।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.