युवा महोत्सव

आज लोकतन्त्र दिवस : एमालेले काठमाडौंमा ‘युथ सेलिब्रेशन’ गर्दै

आज लोकतन्त्र दिवस : एमालेले काठमाडौंमा ‘युथ सेलिब्रेशन’ गर्दै

कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ।

काठमाडौं : नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा आज ‘युथ सेलिब्रेशन’ गर्ने भएको छ। लोकतन्त्र दिवसलाई ‘जनताले जितेको दिन’ को अवसरमा आज एमालेले यूथ सेलिब्रेसन गर्न लागेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। 

काठमाडौंको भृकुटीमण्डपमा युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा आयोजित कार्यक्रम विगतका कार्यक्रमभन्दा फरक हुने उनले बताए।  उनले भने,‘यो प्रदर्शनभन्दा पनि सेलिब्रेसन हो, यसबाट हामीले बहुआयामिक सन्देश दिन खोजेको हो।’

ढुंगेलले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन नेपाली जनता र युवाले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे। ‘लोकतन्त्रको भाव नयाँ पुस्तालाई बुझाउन जरुरी छ, अन्यथा नदेखेको युवालाई अहिलेभन्दा राजतन्त्र ठिक थियो कि भन्ने भ्रम नयाँ पुस्तालाई पर्नु स्वाभाविक हो।’ उनले भने,‘यो लोकतन्त्र युवाको लागि हो, जो यो भूमिमा धेरै बाँच्छ, लोकतन्त्रको आवश्यकता सबैभन्दा बढी उसको लागि हो, लोकतन्त्रको संरक्षण र सम्वर्द्धनको जिम्मा तिमीहरूको हो भनेर युवा पुस्तालाई बुझाउन कार्यक्रम गर्न लागिएको हो।’

दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपीले संक्षिप्त मन्तव्य राख्ने छन्। त्यसैगरी ४० वर्ष मुनिका जनप्रतिनिधि र विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुका साथै युवा कलाकारको सांगितिक प्रस्तुति रहने छ।

कार्यक्रमस्थलमा कफीसप, फुड स्टल, सेल्फि स्टल, सांस्कृतिक झाँकी, युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए। उनले भने,‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरू अघि बढ्नुपर्छ।  एक लाख युवाहरूलाई हामी स्वागत गर्दैछौं। एमालेमा आबद्ध भएपनि नभएपनि कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ।’

कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ। कार्यक्रममा सहभागी हुन देशभरका युवा काठमाडौं आउँदैछन्। एमालेले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापीरूपमा युवाको सहभागिता गराइने जनाएको छ। जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते नेपालमा लोकतन्त्र दिवस मनाइन्छ। 

एमालेको सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘राज्यशक्तिको स्रोत जनता हो, राजकीय सत्ता जनतामा रहेको उद्घोष गरिएको दिन अर्थात् लोकतान्त्रिक गणतन्त्रको विजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेशन’ व्यापक युवाहरूको उपस्थितिमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।’ 

युथ युथ सेलिब्रेशन सहभागी हुनेका लागि मोटरसाइकल र स्कुटर पार्किङ बग्गीखाना नजिक, मिनी र ठूला बसका लागि टुँडिखेल र साना गाडी, कारको लागि रङ्गशालामा सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ। एमालेले भृकुटीमण्डप क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न पत्राचारसमेत गरेको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको वि.सं २०६३ वैशाख ११ गतेको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।

पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’ जनआन्दोलनको बलमा उक्त घोषणामार्फत वि.सं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.