आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत

आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्काउनू : सर्वोच्च अदालत

काठमाडौं : सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र स्कुल फर्काउने वातावरण बनाउन सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्काउन आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अच्युत कुईंकेल बताए। 

उनका अनुसार शिक्षकका जायज माग सम्बोधन गर्न, एसईई बोर्डको परीक्षाफल समयमै प्रकाशित गर्न र १२ कक्षाको परीक्षा समयमै सञ्चालन गर्न आदेश भएको हो। 

'शिक्षकको निरन्तरको आन्दोलनले देशभरि पठनपाठन प्रभावित भएको र त्यसका कारण बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको भन्दै शिक्षकका जायज माग सम्बोधन गर्न, एसईईको नतिजा प्रकाशन र १२ कक्षाको परीक्षा सञ्चालन गर्न आदेश भएको छ,' अन्नपूर्णसँग उनले भने।

अधिवक्ता  श्रवण कुमार चौधरीले बुधबार मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, संघीय संसद, शिक्षा विभाग र राष्ट्रिय परीक्षा बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.