अभिनयमा उदाएका बादल

व्यक्तित्व

अभिनयमा उदाएका बादल

डेढ दशकअघि काठमाडांै पस्दै गर्दा उनीसँग एउटा विश्वास थियो अक्षरहरूसँगै संगत गर्छु। संगीतमा साधना गर्छु अनि सिर्जनालाई पेसा बनाउँछु। कठिन तपस्या गरेपछि सफल हुन कसले छेक्ला र ? हुन त उनले रोजेको बाटो सहज थिएन। कति समय र संवेदनाको लगानी गरेपछि सफल भइने हो ? कुनै टुंगो थिएन।

दुःख, अभाव र जिम्मेवारीको पहाड झेलेर संगीतमा भविष्य खोज्नु चानचुने कुरा पनि त हैन। समस्याका चाङलाई जिन्दगीको लय बनाउने क्रममा उनले कहिले होटलमा वेटर बने त कहिले पर्यटकको झोला बोक्ने गाइडसमेत बने। जे होस्, हण्डर, ठक्कर खाँदै उनले आफूलाई गीतकार बनाए। समकालीन नेपाली मुक्तक भन्ने किताबको सम्पादन गरेर पुस्तक प्रकाशन गरे। संगीतकारको रूपमा नाम दर्ता गराए। उनी हुन्, अभिनयमा फड्को मारिरहेका बादल घिमिरे।

अभिनयका अलावा उनी संगीतकार र गीतकारको रूपमा पनि चर्चित छन्। स्याङ्जा चापाकोटमा जन्मिएका उनी सानैदेखि नै लोकगीत सुनेर हुर्किएका हुन्। उनको वास्तविक नाम चाहिँ सुरेन्द्र हो। उनकी आमाले गाउँमा मनाइने चाडपर्व, मेलापर्ममा सुरिलो स्वरले गीत गाउने गर्थिन्। कविता र उपन्यास पढ्ने गर्थिन्। आमाकै गीत सुनेर उनमा संगीतको नशा बसेको थियो।

गीतसंगीत र साहित्यमा लगाव राख्ने उनको आमा बादलको पहिलो गुरुआमा हुन्। आमाले संस्कृतका श्लोकहरू कण्ठस्त पार्ने गर्थिन्। लयबद्ध रूपमा कविता वाचन गर्ने गर्थिन्। गीत पनि लेख्थिन् उनकी आमा। आमाले पढेका किताब उनले पनि पढे। कविताहरू लय मिलाएर गाउने गर्थे। भाषा साहित्य पढ्नमा अब्बल थिए बादल। साहित्यिक पुस्तक पढ्दापढ्दै उनमा लेखनको लत बस्यो।

समसामयिक विषयमा छिट्टो गीत लेख्ने अद्भुत कला थियो, उनको आमामा। यही गुण बादलमा पनि स¥यो। सानैदेखि रेडियो नेपालबाट आउने सांगीतिक कार्यक्रम निकै सुन्थे बादल। रेडियो नेपाल हो या अन्य एफएममा बज्ने कार्यक्रम हुन्, हरेक सांगीतिक कार्यक्रममा बादलले लेखेका कलात्मक चिठी पुग्ने गर्थे। उनले लेखेका गीतिकथाहरू लोकप्रिय पनि छन्। कतिपय गीतिकथाका कार्यक्रममा उनले लेखेका कथाहरूले पुरस्कारसमेत प्राप्त गरेका छन्। उनले माया प्रेम र मिलन–बिछोडका कथाहरू दुरुस्तै लेख्ने गर्थे।

कथा सुन्नेहरू रेडियो च्यापेर रुने गर्थे। कलिलै उमेरमा रेडियो नेपालमार्फत उनको नाम निकै लोकप्रिय भएको थियो। स्कुल जान उनी एक घण्टाको पैदल बाटो हिँड्नु पथ्र्यो। बाटोमा हिँड्दासमेत स्कुलको झोलामा रेडियो लुकाएर लाने गर्थे। बाटोमा सुन्दै हिँड्थे। लोकसंगीतको उर्वरभूमि हो स्याङ्जा। रोदी बस्ने गाउने, दोहोरी टुक्का तथा सांगीतिक कार्यक्रम धेरै हुने गथ्र्यो। लोकदोहोरीको क्षेत्रमा स्याङ्जा जिल्लाका कलाकार धेरै छन्। सांगीतिक माहोलमा हुर्किएका बादलको मनमा बसेको थियो, संगीत।

लेखक बन्न काठमाडौं आएका उनी सांगीतिक विधामा सक्रिय बने। राजधानीमा हुने साहित्यिक तथा सांगीतिक कार्यक्रममा जाने र विभिन्न अग्रजको संगतले उनलाई गीतकार बनायो। सुरेश अधिकारीसँगको चिनाजानी र उठबसले उनले संगीतका लयहरूमा सुर भर्न सिके। शीतल कादम्बिनी, प्रमोद खरेल, शिव परियार, प्रकाश घिमिरेको संगतले उनी गीतकार हुँदै अभिनयमा पनि सफल बने। चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, लक्ष्मण शेषसँग निकट भएर काम गरे। बिहान–बेलुका कलेज पढ्ने र अन्य समय संगीत सिक्दै खारिए।

तिम्रो यादको आगोमा डढिसकेको मान्छे
मृत्युको पूर्वसूचना पढिसकेको मान्छे।

१२ वर्षअघि उनले लेखेको पहिलो गीत थियो यो। यो गीतमा सुरेश अधिकारीले संगीत गरेका थिए। म्युजिक नेपालबाट बजारमा आएको थियो। उनले पानी पानी, बादल, अग्लो तारेभिर, बैगुनीलगायतका एल्बम बजारमा ल्याए। उनले लेखेका एक सयभन्दा बढी गीतहरू रेकर्ड भएका छन्। एक सयभन्दा बढी गीतहरूमा संगीत भरेका छन् भने करिब १५० गीतको म्युजिक भिडियोमा मोडलको रूपमा अभिनय गरेका छन्।

मुक्तकको अनुसन्धानमूलक पुस्तककले उनलाई बेग्लै पहिचान दियो। उनी मिडिया तथा सञ्चारमाध्यमहरूमा चिनिन थाले। अभिनयमा अग्लो तारेभिर उनको सोलो एल्बम थियो। यसमा उनले गरेको अभिनय धेरैले मन पराए। यसलगत्तै अभिनय जीवनमा प्रवेश गरेका बादलले १५० गीतमा अभिनय गरिसकेका छन्। मनमा पिर कति लिने हो ?, बाँचे भेटुम्ला, कसम तोड्ने भा, हारिसकेंलगायतका गीतमा उनको जीवन्त अभिनय देख्न सकिन्छ। उनले अभिनय गरेका गीतहरूले करोड भ्युज पनि छन्।

कहिले आफ्नै गीतमा त कहिले अरूले लेखेका गीतहरूमा अभिनय गर्ने गरेका बादल पछिल्लो समय व्यस्त मोडलको रूपमा काम गरिरहेका छन् भने राम्रै फ्यान फलोइङ पनि कमाएका छन्। उनका गीत र संगीतले पनि चर्चा पाउन थालेका छन्। सामाजिक सञ्जालमा सेयर हुन थाले। भेरिफाइड आर्टिष्ट पनि हुन् उनी।

अभिनयमा नै रमाइरहेका उनलाई लोकगीत, कमेडी गीत, आधुनिक तथा संस्कृति गीत सबै प्रकारका गीतमा अभिनय गर्दै गरेको देख्न सकिन्छ। उनको अभिनयमा रहेको हरेक हप्ता ६÷७ बाट गीत रिलिज भएका छन्। बजारमा चल्न फरक क्षमता हुनैपर्ने बताउने बादलले सफलताको कुनै कडी नहुने बुझेका छन्। उनी भन्छन्, निरन्तरको लगाव, कर्म र कामले नै सफलता मिल्ने निश्चित छ। आम मान्छेले बाँच्ने सबै पात्रहरूको दुरुस्तै चरित्र उतार्नु नै अभिनय हो भन्ने बादल एउटा लक्ष्य भेटाउन निरन्तर नेपाली गीतसंगीतमै लागिरहेका छन्। यो यात्रामा उनी कहिलेकाहिँ निराशावादी नभएको पनि हैन। तर यात्रा सुरु गरेपछि धैर्य गर्ने हो भने गन्तव्यमा पुग्न कसैले नरोक्ने बताउँछन्।

बादलले सहकारीबाट ऋण निकालेर समेत एल्बम निकालेका छन्। निदाउने मानिसले रातभन्दा लामो सपना देख्नुहुन्न भन्ने उनले अभिनयकै कारण विभिन्न अवार्ड तथा सम्मान पनि प्राप्त गरेका छन्। विन्दवासिनी म्युजिक अवार्ड, बी स्टार फिल्मस् म्युजिक अवार्ड, डाइमन्ड म्युजिक अवार्ड, नेुनल ब्रान्ड म्युजिक अवार्ड आदि प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.