देउडा खेलमा नयाँ प्रयोग

संस्कृति

देउडा खेलमा नयाँ प्रयोग

डेढ कदम चलाएर देब्रेबाट दाहिनेतर्फ घुमेर खेल्ने खेल हो, ड्यौणा, देउडा। जुन पाइताला प्रधान हुन्छ। यो सार्वजनिक मौलिक मान्यता हो। तर हुम्ला र जुम्लाका खेलाडीले नौलो प्रयोग गरे, टुँडिखेलमा। उनीहरूले डेढी कदम उचाल्दै दाहिनेबाट देब्रेतिर र गीतको भाकाअनुसार गोलबद्ध भएर खेल खेलेको देखियो।

काली कर्णाली प्रदेशको वैभवशाली मूर्त र अमूर्त संस्कृति वर्तमानमा देशभरि नै फैलिरहने क्रममा छ। ऋतुअनुसारको परम्परा संस्कृतिकर्मीहरूको ठूलो परिश्रमका कारण जनसमक्ष सुपरिचित बन्दैछ। 
जौं वुया जमातो न हौ धान रोप्या घाँस न हौ 
फल् खाया पछुतो न हौ फूल टिपी नास न हौ ।

पृथ्वी, जल, तेज, वायु, आकाश यी पञ्च भौतिक तत्त्वले बनेको शरीरलाई जसरी प्रयोगमा ल्याउन सकिन्छ । मन, वचन, कर्म त्यही रूपमा हामी अघि बढाउन सक्छौ । त्यसमा संस्कार, संस्कृति र परम्पराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हामी जता जाऊ संस्कार संस्कृति हामीसँगै जाने हुँदा देशको, ठाउँको परिचय आफैं बोलेको हुन्छ ।

काली कर्णाली प्रदेशको वैभवशाली मूर्त र अमूर्त संस्कृति वर्तमानमा देशभरि नै फैलिरहने क्रममा छ । ऋतुअनुसारको परम्परा संस्कृतिकर्मीहरूको ठूलो परिश्रमका कारण जनसमक्ष सुपरिचित बन्दैछ । एक दिनको त्याग, तपस्याका कारण यस क्षेत्र र प्रान्तको मौलिक परम्परा देखा परेको नभएर वर्षौंको कडा मेहनतका कारण समाजमा परम्परा बसाल्दै छ ।

वर्षामासको सुरुवातीको दिन गत साउन १ गते संघीय राजधानी काठमाडौंको टुँडिखेलमा यस प्रान्तका संस्कृतिपरक सयौं मानिसको उपस्थितिले सबैलाई आआफ्नो घरको याद दिलायो । साउन १ गतेलाई देशभर कृषिजन्य कामका साथै आत्मीय मिलनका रूपमा लिने गरिन्छ । यही नै हो विशिष्ट पहिचान हामी नेपालीहरूको । अघिल्लो दिन घरघरमा झिरझिरी काँडा ढोका, झ्यालमा राखेर साउने रागसबाट बच्ने परम्परा विद्यमान छ ।

स–साना बालबालिकालाई साउने रागस (राक्षस, भूत) बाट बचाउन सकेको खण्डमा निरोगी हुन्छन् भन्ने परम्परा कायम छ । सहरमा लुतो फाल्ने चलन छ । विविधताभित्रको एकता पाउछौं नेपाली समाजमा । देउडा खेल्ने, गृष्म ऋतुबाट तातेको शरीर वर्षा ऋतुमा शीतल गराउने, पारिवारिक भेट गराउने दिनका रूपमा लिइन्छ साउने संक्रान्तिलाई ।

देउडा समाज, सुदूरपश्चिम समाज, लोकसंस्कृति समाजजस्ता संघसंस्थाले आआफ्नो स्थापनाकालदेखि कालीकर्णालीको लोकसंस्कृतिको रक्षार्थ इमान्दारिता अपनाउँदै राजधानीमा विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । गत १ गते पनि यी संस्थाहरूले राजधानीको टुँडिखेलमा देउडा खेलेर आफ्नो संस्कृतिको संरक्षण गरे, पालना गरे । कुनै पनि राजनीतिक नेता, कार्यकर्ता त्यहाँ अटाउन सकेनन् । जीवनभर देउडा गायनमा लागिपरेका, आदिम संस्कृतिको पहिचानका लागि इमान्दारिता अपनाएका व्यक्तित्वहरूको उपस्थिति देखिन्थ्यो टुँडिखेलको कार्यक्रममा ।

एकातिर महिलाहरूको गर्विलो उपस्थिति, अर्कोतिर पुरुषहरूको उपस्थितिले सुदूरपश्चिमको मौलिक संस्कृति छताछुल्ल भएर पोखियो टुँडिखेलमा । ८६ वर्षीय बझाङ तलकोट सुनीकोटका कर्णबहादुर बम आफूले युवा अवस्थामा खेलेको याद गर्छन् । उनी आफ्नो उमेरका नामुद खेलाडी हुन् । ८४ वर्षीय कमला विक (हुम्ला) देउडा खेलको रामरमिता हेरेर भन्दै थिइन्, ‘हाम्रा केटाकेटीले देउडा खेलेर घरकी सौंराई मेटाइदिए ।’ ६ वर्षदेखि सांस्कृतिक समाजमार्फत संस्कृति सेवा गरिरहेका बैतडीका रामप्रसाद अवस्थी खुसी व्यक्त गर्दै देउडा खेलमा झुम्मिरहेका देखिन्छन् । उनी सामाजिक अभियन्ता पनि हुन् । कार्यक्रम संयोजक बझाङका विरही बमको देउडा गायनको बान्की रोचक थियो । तत्काल देउडागीत रचना गर्न सक्ने क्षमता भएका विरही बम, बैतडीका भानुभक्त जोशी बझाङ छान्नाकी कृष्णादेवी थापा र बाजुराका कर्ण न्यौपाने वास्तवमा आँसुकवि हुन् । एकातिर कार्यक्रमको आयोजना गर्नु अर्कोतिर देउडा खेल खेलाउनु दोहोरो भूमिकामा व्यस्त देखिन्थे युवा उमेरका विरही र उनका साथीहरू ।

प्रशंसा संरक्षण समूहका संस्थापक सभापति अम्बादत्त भट्ट अलि ढिलो आउँदा पछुतो मानिरहेका देखिन्थे । हत्तपत्त ठूलो समूहमा देउडा खेलेर जन्मभूमिको याद गरिरहेका अम्बादत्तको राजधानीमा गौरापर्व मनाउन महत्त्वपूर्ण भूमिका छ । डा. बद्री बिनाडी सुदूरपश्चिम र कर्णाली प्रदेशको लोकसंस्कृतिका ज्ञाता हुन् । देउडा खेलमा रमाउँदै भन्दै थिए, गौरापर्वको पूर्वसन्ध्यामा गरिएको यो कार्यक्रमको ऐतिहासिक महत्त्व छ, यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ ।

भर्खरमात्र नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित स्रष्टाद्वय राजेन्द्र शाह बीपी र प्रकाश थापा (बाजुरा) देउडा खेलको कार्यक्रम देखेर खुसी मान्दै भनिरहेका थिए, ‘देउडाको मनोरञ्जन र भेटघाटको कार्यक्रम सँगसँगै भयो । बीपीका शब्द र प्रकाश थापाको स्वरले सबैलाई मोहित तुल्याउँदै आएको छ, सुदूरको भूमिमा । गायिकाहरू शोभा थापा, निरुता खत्री, हेमन्ता भट्टराई, निशा रावल, दीपा रोकायालगायतका गायिकाहरू आआफ्ना गीतमा टिकटक बनाउनमा व्यस्त देखिन्थे ।

डेढ कदम चलाएर देब्रेबाट दाहिनेतर्फ घुमेर खेल्ने खेल हो, ड्यौणा, देउडा । जुन पाइताला प्रधान हुन्छ । यो सार्वजनिक मौलिक मान्यता हो । तर हुम्ला र जुम्लाका खेलाडीले नौलो प्रयोग गरे, टुँडिखेलमा । उनीहरूले डेढी कदम उचाल्दै दाहिनेबाट देब्रेतिर र गीतको भाकाअनुसार कुनै बेला निहुरिँदै दाहिने गोडा उचाल्दै गोलबद्ध भएर खेल खेलेको देखियो । यो प्रयोग पंक्तिकारले पनि अभ्यास गरें । २०७५ सालमा हुम्लाको सिमकोटमा यो खेलको प्रयोग देखेको थिएँ । यसरी खेल खेल्नेमा पुराना पिँढीका महिलामात्र थिए । उनीहरू छिटको कपडा र कालो चोलो लगाएर कपाल छोपेर देउडा खेलिरहेका थिए ।

युवाहरूले खेलेको देखेको थिएन । अहिले कर्णालीका युवाहरूले पनि खेलेको देखेर साह्रै आनन्द लाग्यो । यो खेलमा निकै होस गर्नुपर्ने हुन्छ भन्दै थिइन्, खेलाडी भाना रावत । दाहिनेबाट देब्रेतिर पाइताला चालेर, पाइला उचालेर गीतको लय (भाक्या) अनुसार कहिले निहुरेर कहिले सीधा खेल खेल्ने पुरानो चलनलाई पुनर्जीवित राख्दा देउडा खेलको नयाँ रूप देखिन्छ, समाजमा ।

सुदूरकर्णाली लोक देउडा संस्कृति संरक्षण नेपालका अध्यक्ष कृष्ण तिमल्सिना आगामी दिनहरूमा देउडा कार्यक्रमलाई निरन्तरता दिने बताउँदै थिए । ८२ वर्षीय जयलाल देवकोटा र अर्जुन तिमल्सिना (अछाम), अञ्जु गिरी (बझाङ), चन्द्रा शाह (जाजरकोट), नरबहादुर बुढा (जुम्ला) लगायतका संस्कृतिकर्मीले कालीकर्णालीको माटोलाई टुँडिखेल काठमाडौंमा जुरुक्क उचालेर ल्याए ।
बस्न्या थली छाइलो होइजा डाडा वेल वुणीझा
मेरा गली पासो लाइझा यो परान् चुणीझा ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.