कुलुङ संस्कार
२०७८ सालको १२औं राष्ट्रिय जनगणना अनुसार नेपालमा १० धार्मिक समूह छन् । ती हुन्, हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, शिख र बहाई । जसमध्ये कुलुुङ जाति किरात धर्म मान्ने जाति हुन् । कुलुङले २०५८ को १०औं राष्ट्रिय जनगणनादेखि धर्मको महलमा ‘किरात’ लेख्दै आएका छन् । हो, यही किराती महाजातिभित्रका कुलुङ जातिको सामाजिक संस्कार, संस्कृति एवं दैनिक जीवन चलाउन आवश्यक पर्ने मोप, नोक्छो, नागिरे, रोङ्छोप, वैदाङ, कुबिमी, भैरुङ, बित्रुम, सातीपुस, मोसोछा, लाछोछा, मोप, कुबिमी, भुइँफुट्टा धामी, खुलूलगायत रहेको हुन्छ । त्यो भनेको कुलुङ जातिको संस्कार, संस्कृतिमा गरिने कामअनुसारको तह विभाजन गरिएको अवस्था हो ।
कुलुङ जातिको सामाजिक कार्यहरू जस्तो कि जन्म, विवाह, मृत्यु आजा–पूजाका साथै अन्य संस्कार, संस्कृति सम्बन्धमा जानकारी दिने एउटा किताब छ । जुन किताबको नाम ‘कुलु रिदुम’ हो । ‘कुलु रिदुम’को अर्थ के हो ? नाम किन र कसरी राखियो ? अन्य जातजाति र भाषाभाषीका अगुवा एवं जिज्ञासुहरूमा चासो रहन सक्छ । ‘कुलु’ भन्नाले ‘कुलुङ’ जाति आफूले आफैंलाई भन्ने नाम अर्थात् ‘इन्डोनिम’ हो भने ‘रिदुम’ भनेको चाहिँ ‘संस्कृति’ हो । ‘कुलुङ’ जातिमा लिखित रूपमा संस्कार, संस्कृति, रीतिथिति, जन्म, विवाह, मृत्यु आजा–पूजा सम्बन्धमा लिखित दस्तावेज वा किताब थिएन । त्यसैले ‘थुतुरी वेद’ भनीकन मौखिक रूपमै कुलुङ जातिका नोक्छो, नागिरे, कुबिमी, मोप, सेलेवा, रोङ्छोप, सातीपुस, मोसोछा, लाछोछा, वैदाङ, भैरुङ, भुइँफुट्टा धामी, खुलूले रिसिवा, मन्त्रतन्त्र, परम्परागत रूपमा जेजति जानेको छ, त्यही आधारमा फलक्ने, पतुर्ने गर्थे ।
त्यो ज्ञान विस्तारै आफूभन्दा पहिलेका मोप, सेलेवा, कुबिमी, नागिरे नोक्छो, रोङ्छोप, सातीपुस, मोसोछा, लाछोछा, वैदाङ, भैरुङ, भाँक्री, धामी, खुलू भुइँफुट्टा धामी (गुरु बिना आफैं उत्रने धामी) आदिबाट लिएका हुन्छन् । हुन त कुलुङ जातिमा नयाँ नोक्छो, नागिरे, कुबिमी, मोप, सेलेवा, रोङ्छोप, सातीपुस, मोसोछा, लाछोछा, वैदाङ, भैरुङ, भुइँफुट्टा धामी, खुलू आदि जो उत्रने गर्छन्, त्यस्ताहरूलाई आफ्नो गुरुले पूर्ण रूपमा सक्षम बनाएका हुन्छन् भन्ने विश्वास छ ।
मौखिक रूपमा चल्दै आएको कुलुङ जातिको संस्कार, संस्कृति, आजा–पूजा विधि, चालचलन, रीतिथिति, परम्परागत कानुनहरू, लोकमा चलेको मान्यता, विश्वास, वंश परम्परा, पितापुर्खाहरूको इतिहास, ऐतिहासिक भूमि, नातासम्बन्ध, देवीदेवता, विवाह, विवाहका प्रकार, मृत्यु, मृत्युका प्रकार एवम् त्यस्ता मृत्यु संस्कारमा गरिने, फरकफरक विधिविधानहरू, साइपोम, कुलुङ धामी–झाँक्रीले नाच्ने विभिन्न खालका नाच (सिली) र ती नाच (सिली) का पनि अनेकौं प्रकारलगायत कुलुङ जातिमा मानिस जन्मेदेखि नमरेसम्म गरिने विधि–विधान बारेमा डिठ्ठो नबिराई मेसैसँग लेखिएको पाइन्छ कुलु रिदुम्’मा ।
किताबको सुरुवात संखुवासभा जिल्ला ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कुलू गुस खम) बाला इकाइ’ले गरेको थियो । त्यसै क्रममा सिलिचोङ गाउँपालिका, बालागाउँकै प्रेमचन्द्र सम्फोरुले किताबान अनौपचारिक रूपमा भेटे जति नोक्छो, नागिरे, कुबिमी, मोप, सेलेवा, रोङ्छोप, सातीपुस, मोसोछा, लाछोछा, वैदाङ, भैरुङ, भुइँफुट्टा धामी, खुलूसँग भेट्ने र कुलुङ संस्कार, संस्कृति, आजापूजा, आजापूजा गरिनुपर्ने कारणहरू, चालचलनहरू, रीतिथिति, परम्परागत कानुनहरू, मूल्यमान्यता, लोकविश्वास, परम्परा आदि समेट्दा धेरै यथार्थ सबैसामु आएको छ ।
जसमा पितापुर्खाको इतिहास, ऐतिहासिक भूमि, नाता अनि सम्बन्ध, देवदेवता, विवाह, विवाहका प्रकारहरू, मृत्यु, मृत्युका प्रकार अनि मृत्यु संस्कारमा गरिने, फरक–फरक विधि र विधान, साइपोम (शिर उठाउने कार्य), कुलुङ धामी–झाँक्रीहरूले नाच्ने विभिन्न खालका नाच (सिली) र त्यस्ता नाच (सिली) का पनि अनेकौं प्रकारलगायत कुलुङ जातिमा मानिस जन्मेदेखि नमरेसम्म गरिने विधि पाइन्छ ।
हाम्रा पितापुर्खाको वंश–परम्परा, इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेशभूषा, चाडपर्व, चालचलन, रहनसहन, संस्कार, संस्कृति, सामाजिक बनावट, रीतिरिवाज, गरगहना, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी कुलुङ हौं भन्ने भावना देखिन्छ । हाम्रा पितापुर्खाको इतिहास, खासगरी नोक्छो, नागिरे, कुबिमी, मोप, सेलेवा रोङ्छोप, वैदाङ, भैरुङ, भुइँफुट्टा धामी, खुलू र, कुलुङ बुद्धिजीवीहरूका साथै सरोकारवाला सबैलाई भेलाले आफ्नो कर्म गर्ने क्रममा खाईखेली हिड्ँने बाटा, थाकेपछि बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र उनीहरू पुग्ने अन्तिम विन्दु (ठाउँ) र फर्कने बाटाको वर्णन आदि बारेमा धेरै कुरोको निचोड किताबमा आएको छ ।
हुन पनि एउटा सिंगो जाति जुन जातिको इतिहास कम्तीमा पनि पाँच हजार वर्षदेखि लगभग ७–८ हजार वर्षको इतिहास रहेको एवं हिन्दु धर्मसम्बन्धी विभिन्न ग्रन्थ जस्तै वेद, पुराण, महाभारत, रामायण आदिमा समेत उल्लेख भएका किराती महाजातिभित्रको एक जाति हो— ‘कुलुङ’ । ‘कुलु रिदुम’ किताब केवल एक किताबमात्रै नभएर कुलुङ जातिको सुरुदेखिको इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेशभूषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत, संगीत, बाजागाजा हो ।
हामी भन्ने भावना, हाम्रा पिता पुर्खाहरू, त्यसमा पनि खास गरिकन नागिरे, नोक्छो, कुबिमी, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, रोङ्छोप, वैदाङ, सातीपुस, आदिले आफ्नो कर्म गर्दा खाई–खेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरू पुग्ने अन्तिम विन्दु (ठाउँ)हरूको वर्णन आदि बारेमा धेरै कुरोको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नु पर्दाखेरि कुलुङ जातिमा रहेका विभिन्न संस्कार र संस्कृतिहरूमा जन्म संस्कार, विवाह संस्कार, विवाह पनि २÷३ प्रकारका विवाह, मृत्यु संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’ आमाको मृत्यु, ‘चिचीमा सी’ बच्चाको मृत्यु आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको छ, सो किताबमा । एउटा सिंगो जाति त्यो पनि कम्तीमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्ष लामो इतिहास रहेको र हिन्दुहरूको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएका किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा धेरै कुरा छन् । हाम्रा आदरणीय खुलू (पुर्खा) हरूले सौहार्दपूर्ण ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल र बहस गराएर पारित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !