ओ, रामकली !
आऊ बात मारी बसौं
हराएका सपनाहरू खोजौं।
हाम्रो मन भाँच्चिने गरी
हामीले उज्यालो खोज्यौं
अँध्यारो चिर्ने गरी
मान्छे दास होइन
मान्छेलाई दास बनाउने
प्रपञ्चमा सामेल छौं फेरि किन ?
मृत्यु–जन्म सँगै जन्मिएको छ
तिमी अजम्बरी छैनौं
तिम्रो सुरक्षा घेरा तोड्छौं हामी
तिमीलाई मृत्युको पाठ सिकाउनु छ
जीवनसँग ठट्टा नगर
हामीलाई जीवन औधी प्यारो लाग्छ।
हामीलाई नजिस्क्याऊ
हाम्रो धैर्य टुट्न सक्छ
हामी मृत्यु खेलाउँदै हिँड्ने मान्छे
हाम्रो हातमा देखेनौ मसाल ?
तिमीलाई खरानी बनाएपछि मात्रै
बल्ल हाम्रा सपनाको खोजी हुन्छ।
हामीले सपनाहरू गुमाएर
विरक्तिएको नठान तिमी
तिम्रा पनि त सपना होलान्
तिम्रा सपना खोस्छौं हामी
यतिञ्जेल राज गर्यौ हामी माथि
हामीलाई रैती ठानी
जब पल्टाइन्छ सत्ता
तिमी माथि राज गर्छौं हामी।
प्रतिक्रिया दिनुहोस !
४