तिमीले हाँस्दै सहर्ष
मलाई भनेकी थियौ,
‘हेर सबथोक देख,
हो, त्यही दिनदेखि
मैले सपना देख्न छोडेको हुँ ।
तर आज धेरै समयपश्चात्
उही सपना देख्न थालेको छु
फरक यत्ति हो,
त्यो बेला तिमी गालामा
मुस्कानको लालीगुराँस फुलाउँदै
मेरो हात समाएर रतुवाको
किनारैकिनार निर्बन्ध हिँड्थ्यौ
तर अहिले तिम्रो साथमा
दुई वर्षको बालक छ
तिम्रो खसम विदेशबाट
घर नफर्केर लापत्ता छ
र तिमी ख्याउटे बिरुवा झैं
दुब्लाएकी छौ अतीत लुकाएर
र, म छु गेरु वस्त्र लगाएको
घरबार नगरेको बिस्मित सन्न्यासी ।
हो सपना नदेख्नू भनेकी थियांै
र त मेरा रहरहरू यतिबेला
रंगहीन र गेरुवस्त्रमा छन्
तर देखिहालें तिमीलाई
तिम्रो यो हालतमा गम खाँदैछु
तिमी नै भन प्रिय !
के सपना देख्नु अपराध हो ?
प्रतिक्रिया दिनुहोस !