पार्टीले ‘खल्तीबाट टिकट दिएको’ भन्दै बालेन निकट कुँवरले दिए राजीनामा

पार्टीले ‘खल्तीबाट टिकट दिएको’ भन्दै बालेन निकट कुँवरले दिए राजीनामा
सुन्नुहोस्

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टीबाट राजीनामा दिएका छन् । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह निकट कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीलाई विभिन्न आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् । 

उनले पार्टीमा कुनै प्रणाली नभएको बताउँदै आर्थिक चलखेल भएको समेत आरोप लगाउँदै यस्तो पार्टीमा बसिरहनु उचित नभएकाले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । पार्टीले यसअघि अंगीकार गर्दै सार्वजनिक गरेको ‘प्राइमरी इलेक्सन’ नगरी आफूखुशी उम्मेदवार बनाएपछि त्यसखालको पार्टीमा बस्नुको अर्थ नभएको उनले भनाई छ । उनले रास्वपाले आर्थिक चलखेल गरेकै कारण शंकास्पद भएर पार्टी छाडेको बताएका छन् । 

रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको उनको भनाइ छ । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह नगर प्रमुख हुँदा सल्लाहकारको भूमिकामा थिए । उनी पार्टीका महामन्त्री समेत हुन् । 

रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी इलेक्सन नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका भएको उनको आरोप छ । रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलबाड गरेको र विदेशमा ‘सेटल’ भएर बसेका नेपालीलाई धोका दिएर गलत अभ्यास गरेको कुँवरको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.