बालकृष्ण गजुरेल । ‘भेदभाव बन्द गर्नुपर्छ’, अचानक माइकले भन्यो । माइक अमेरिकी आईएनजीओका प्रमुख थिए ।
उनले जातीय स्वतन्त्रताका लागि अमेरिकी सरकारबाट दुई सयभन्दा बढी एनजीओलाई रकम उपलब्ध गराएका थिए । घुमाउरो पाराले उनले माओवादी जनयुद्धलाई सहयोग गरेका विषय पनि ओकले । यो विषय महराले अमेरिकी सरकारलाई लेखेको चिठीले पहिल्यै पुष्टि गर्यो नै । उनको शब्द नहट्दै मेरो ध्यान समाचारतर्फ गयो । समाचारमा नजाओस् पनि कसरी ? औषधिजन्य र ऊर्जा महँगो हुँदै गयो । मेरो भान्छा खाली हुँदै थियो ।
हुँदा–हुँदा एक छाक खानपर्ने अवस्था आउँदै थियो । राजीनामा दिँदै सीआईए प्रमुखले भने, ‘इरानविरुद्धको युद्ध गलत थियो ।’ आतंकवादसम्बन्धी अर्का प्रमुखले राजीनामा बुझाउँदै भने, ‘इरानभन्दा हामीले बढी उग्रवादी स्थापना गर्यौं । इरान अमेरिकाको लागि खतरा छैन ।’
समाचार अघि बढ्यो । अश्वेत भएकोमा सेना प्रमुख केही महिला र अन्य अफ्रिकी जनरल हटाइए । मेरो शिर घुम्यो । मैले समाचार देखाउँदै झस्काएँ, ‘समानता आफ्नै देशमा नभए पनि तपाईंहरू प्रजातन्त्र र मानवअधिकारको नाटकमा माहिर हुनुहुँदो रहेछ ।’
प्रतिक्रिया दिनुहोस !