यो तस्बिर सहरमा
नेपाल छुन्छ
हल्लाउँछ विश्व
अजय भनेका दुर्गहरूमा
बजाउँछ साइरन देश
संसार बाहिरपर्छ सत्ताको तस्बिर
एउटा नामका लागि
हजारचोटि नारा लगाउनेहरूको देखिन्छ किनार
यो महाभारत कसलाई
पाण्डवहरूको राज्य
खोज्ने छैनन् तब कोही
हत्याउन इन्द्रप्रस्थ
उल्टन्छन् शकुनिहरूले खेलेका पाशाहरू
छलका
मर्दैनन् पाण्डवहरू लाक्षागृहमा
देशलाई बचाउन बाँचेका विदुरहरू
देखिन्छन् सहरमा
पुरोचनहरू आफैं पर्छन्
लाहाको घरको खरानीमा
देशमा एउटा साइरन बज्छ
निसाना ताक्ने
बाँकी एउटा बन्दुक हेरेर
एउटा नामको घोषणा हुन्छ
जो दिनको एकचोटि
सहरमा बन्द हुन्छ
र भगवान् उसलाई छोड्छ एकचोटि
तुरुन्त
नृत्यमा आउँछन् वीरहरू
वीराङ्गनाहरू
अँगालो मारेर बस्छन् मान्छे
भगवान्हरू
ढोकाहरू खुल्छन्
लागेका दिवारहरू
बन्द भयो भने सहरको ढोका
रुँदैनन् मान्छेहरू
भगवान्बाहेक
आफ्नै देशमा आप्रवासी बनेका
राजनीति नगर्ने
उठछन् टुहुराहरू
हल्लाहरू
जान्छन् हल्ला गर्नेहरूसित तपोवन
आँगनमा उभिन्छ
पर्खाइमा भिक्षा दिने
सहर दिन्छ इजाजत
भिक्षा लिन एउटा नाम
कल्किको एउटा
तस्बिर लिन सहरमा
लिन एउटा नामको हिस्सा
आमाहरू बोलाउँछन्
नाम – राम जन्मेको बेलामा
प्रवेश गर्छ सहर
देश
सौगात दिन
लिन
शब्द नेपाल
वाचन लिन
उसको शपथमा
स्वस्ति
लिन बुद्ध ।
प्रतिक्रिया दिनुहोस !