नेपाल चिनाउन कंगोमा नेपाल प्रवर्द्धन साँझ

नेपाल चिनाउन कंगोमा नेपाल प्रवर्द्धन साँझ

कंगो : नेपाल प्रमोसन ईभेनिङ फितरिङ ट्रेड, टुरिजम एन्ड इनभेस्टमेन्ट अपर्चुनिटिज कार्यक्रमअन्तर्गत विभिन्न महत्वपूर्ण कूटनीतिक, व्यावसायिक तथा औपचारिक भेटघाट सम्पन्न भएको छ। 

नेपाल सरकारको दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास (प्रजातान्त्रिक गणतन्त्र कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त) तथा एनआरएनए एलसीसी कंगोको संयुक्त आयोजनामा १५ देखि १९ मेसम्म लुबुम्बाशी तथा किन्शासामा सम्पन्न भएको हो। 

एनआरएनए एलसीसी कंगोका अध्यक्ष विष्णु गिरीका अनुसार कार्यक्रमका क्रममा कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित विभिन्न सरकारी उच्च पदाधिकारी, माइनिङ कम्पनीहरूको भ्रमण गर्नुका साथै सम्बन्धित कम्पनीका प्रमुख तथा उच्च व्यवस्थापनसँग औपचारिक भेटवार्ता गरेका थिए। 

यसै क्रममा सोमिका ग्रुपअन्तर्गत सञ्चालित उद्योग तथा खानी क्षेत्रको समेत भ्रमण गरिएको थियो। भ्रमणका अवसरमा सोमिका माइनिङ कम्पनीका प्रमुख लगायत उच्च व्यवस्थापन टोलीसँग नेपाली कामदारहरूको अवस्था, सुरक्षा, कार्य वातावरण, श्रम व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइएको छ। साथै नेपाल सरकारबाट लगानीका लागि आवश्यक मार्गप्रशस्त तथा अनुकूल वातावरण निर्माण भएमा आफूहरू नेपालमा लगानी गर्न उत्सुक रहेको धारणा समेत व्यक्त गरिएको थियो।

भेटघाटका क्रममा कंगोमा कार्यरत नेपालीहरूको अवस्था, रोजगारीका अवसर, सुरक्षा चुनौती, बसोबासका असहज पक्ष, कानुनी तथा प्रशासनिक प्रक्रियासम्बन्धी विषय लगायत नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका विविध सवालहरूबारे जानकारी आदानप्रदान गरिएको थियो। साथै सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायबाट नेपाली श्रमिकहरूको वर्तमान अवस्था, आवश्यकता तथा सम्भावित सुधारका विषयमा प्रत्यक्ष जानकारी लिने कार्य समेत गरिएको बताइएको छ।

सम्भवतः प्रजातान्त्रिक गणतन्त्र कंगोमा नेपाल सरकारको तर्फबाट यस प्रकारको विस्तृत फिल्ड भ्रमण, उद्योग अवलोकन तथा उच्चस्तरीय औपचारिक भेटघाट गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि कार्यवाहक राजदूत नै छन्। 

उक्त कार्यक्रम तथा भेटघाटले नेपाल र डेमोक्रेटिङ रिपब्लिक अफ द कंगोबीच व्यापार, पर्यटन, लगानी, वैदेशिक रोजगारी तथा श्रम कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै यसले कंगोमा रहेका नेपाली समुदायका समस्या तथा सम्भावनालाई नेपाल सरकारसमक्ष थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने वातावरण निर्माण भएको विश्वास समेत गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.