लोकमान कानुनभन्दा माथि बस्न खोजेपछि महाअभियोग : बामदेव

लोकमान कानुनभन्दा माथि बस्न खोजेपछि महाअभियोग : बामदेव

बुटवलः नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने काम गरेकाले महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन्।

प्रेस चौतारी रुपन्देहीले आइतबार विहान गरेको पत्रकार भेटघाटमा गौतमले कार्कीले राजनीतिक पार्टी र नेताहरुप्रति पूर्वाग्रही ढंगले प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले आफूहरु बाध्य भएर महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन्।

उनले लोकमानले आफूलाई स्वीकार नगेका दलका नेता तथा व्यक्तिमाथि खोजीखोजी विनाकारण दुख दिने र प्रतिशोध साँध्न लागि परेको आरोप समेत लगाए। गौतमले भने,‘लोकमानको गैरसंवैधानिक क्रियाकलापविपरीत हामी उभिन बाध्य भएका हौं। महाभियोग प्रस्ताव संसदबाट दुई तिहाइ बहुमतले पारित हुन्छ।’ उनले एमाले महाअभियोग प्रस्तावबाट पछि हट्न नसक्ने दाबी समेत गरे।

फरक प्रसंगमा गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको समेत बताए। उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेकाले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिने बताए।

नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाए। गौतमले संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनु पर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.