‘लोकमान प्रकरणले काँग्रेस–माओवादीबीचको गठबन्धन टुट्दैन’

‘लोकमान प्रकरणले काँग्रेस–माओवादीबीचको गठबन्धन टुट्दैन’

काठमाडौंः ऊर्जा मन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रबीचको वर्तमान गठबन्धन नटुट्ने दाबी गरेका छन्।

मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनका लागि नल्याइएको दाबी समेत गरे। उनले भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाइएको छ, यी सबै भ्रमात्मक कुरा हुन्, हामी यो गठबन्धनलाई बलियो बनाउन गम्भिर छौं, यसबारेमा काँग्रेस र हामीबीच छलफल भइरहेको छ।’

महाअभियोग प्रस्ताव आफ्नो पार्टीले ल्याएको उल्लेख गर्दै उनले भने,‘यो प्रस्ताव हामीले ल्याएको हो, एमालेले त समर्थन मात्रै गरेको हो, हामी एमालेको पछि लागेको होइन, एमाले हाम्रो पछि आएको हो, एमालेले चाहँदैमा यो गठबन्धन टुट्दैन्, त्यसैले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाउन लागे भनेर हाउगुजी नचलाए हुन्छ।’

मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गइसकेकोले यो दुई तिहाई भन्दा बढी मतले पारित हुने र लोकमानलाई हटाउने समेत दाबी गरे।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो प्रस्ताव तीनवटै पार्टीका प्रमुखहरुवीच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो, छलफल नै नभइ प्रस्ताव आयो भन्नु गलत हो, काँग्रेसको सहमतिमै यो प्रस्ताव आएको हो।’

अख्तियार प्रमुख कार्कीले मुलुकमा समानान्तर सरकार चलाएको आरोप लगाउँदै मन्त्री शर्माले भने,‘लोकमानले पदको दुरुपयोग गरेर राज्यमा आतंक सिर्जना गरेका थिए, त्रास फैलाएका थिए, त्यसैले उनको विरुद्धमा सडक र सदन दुवैमा व्यापक विरोध भएकोले नै हामीले यो कुरा उठाएका हौं।’

लोकतन्त्र, कानूनी राज्य, विधिको शासन चाहानेहरुले महाअभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने समेत उनको विश्वास थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.