एमाले स्थानीय निर्वाचन चाहँदैन : गृहमन्त्री निधि

एमाले स्थानीय निर्वाचन चाहँदैन : गृहमन्त्री निधि

दोलखा : उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमालेले स्थानीय निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन्।

शनिबार चरिकोटमा नेपाल प्रेस युनियनको बागमती विशेष क्षेत्र भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री निधिले भने, ‘एमाले स्थानीय निर्वाचन चाहँदैन, यदि संविधान संशोधन गर्न एमाले तयार भए सरकार जुनसुकै समयमा निर्वाचनको मिति घोषणा गर्न तयार छ।’

एमालेले निर्वाचनको रटान लगाएर संविधान संशोधनको विरोध मात्र गरेको आरोप समेत मन्त्री निधिले लगाएका छन् । ‘एमालेसँग निर्वाचनको लगाव देखिदैन उल्टै उसले देशमा विखण्डनको बिऊँ रोप्ने काम मात्र गरेको छ,’ मन्त्री निधिले भने, ‘त्यसलाई चिरेर राजनीतिक निकास दिनुपर्छ ।’

गृहमन्त्री निधिले संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउन सहमत भए एमालेसहितका दलको सहभागीतामा राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत वर्तमान सत्ता गठबन्धन तयार रहेको प्रष्ट पारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.