आइजीपी नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद् बैठक

आइजीपी नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद् बैठक

काठमाडौः नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्तिलगायतका विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको आइजीपी नियुक्त गर्ने तयारी गरेको छ। आइजीपीका लागि पहिलो वरियतामा रहेका डिआइजी नवराज सिलवाल र दोस्रो वरियतामा रहेका प्रकाश अर्याल र तेस्रो वरियतामा रहेका जयबहादुर चन्दको नाम चर्चामा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान नौ बजेपछि सुरु मन्त्रिपरिषद् बैठकले सिलवाल र अर्याललाई नभएर डिआइजी चन्दलाई आइजीपी बनाउने तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' प्रहरीको चेन अफ कमाण्ड बिगार्नु नहुने अडानमा रहे पनि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन चन्दलाई छ। डिआइजी सिलवाल, अर्याल र चन्द २०४४ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।

त्यस्तै, सशस्त्र प्रहरीको आइजीपीमा समेत पहिलो वरियताकै एआइजी सिंहबहादुर श्रेष्ठ नियुक्त हुँदै छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.